स्वदेशमै आनन्द

कफी हाउसमा रमाउँदैछन् स्वीट्जरल्याण्डबाट फर्केका अभिनायक

कफी हाउसमा रमाउँदैछन् स्वीट्जरल्याण्डबाट फर्केका अभिनायक
+
-

विराटनगर – “मुलुकमा राजनीतिक स्थिरता आउने सोचेर फर्किए र नौलो पेशामा अघि बढे”, माघको चिसोमा कफीको चुस्की लगाउदै अभिनायक मल्ल बताउँदै थिए। स्वीट्जरल्याण्डको न्युसाटेल विश्वविद्यालयबाट पाँचवर्षअघि इन्टरनेश्नल विजनेश डेभलपमेन्ट विषयमा मास्टर्स सकेका मल्लको विदेशी भूमिलाई नै कर्मभूमि बनाउने धेरै बाटो खुल्ला थियो। तर, विराटनगरको मोह र घरको वातावरणले उनलाई छोडेन। जसोतसो पढाइ पुरा भयो मल्ल विराटनगर घर फर्किए।

त्यसपछि बुवा विजय मल्लको निर्माण सम्बन्धी काम सम्हाल्नु वा नयाँ सुरुवात गर्नु त्यसबाहेक अन्यतर्फ ध्यान गएन। हुन त उच्च शिक्षा सकेलगत्तै मल्लसँग विदेशी भूमिमा कार्य गर्ने, बस्ने अवसर नभएको होइन । तरपनि पैसा कमाउनु मात्र सबै होइन भन्ने बुझेका मल्ल विदेशलाई काम सिक्ने थलोका रुपमा मात्र लिनुपर्ने बताउँछन्।

कुरा गर्दै जाने क्रममा उनी भन्दै थिए, अब चाहीँ बिस्तारै यहाँ काम गर्ने वातावरण बन्दै गएको छ। काठमाडौँमा कफी हाउस खुल्दै गएको देखेका मल्लले पनि दुइवर्षअघि देखि कफीमा हातहाल्ने जमर्को थालेका थिए। यसअघि उनले स्वीट्जरल्याण्डमा पढाइकै क्रममा पनि कफीको विषयमा चासो राखेका थिए। उनी भन्छन् “नेपाली कफी खेतीलाई विदेशीभूमिमा पर्याउनुपर्छ भनेर दुईतिनपटक पूर्वकै विभिन्न ब्राण्डका कफीलाई स्वीस एक कम्पनीसमक्ष पेश गरे, तर समयले साथ दिएन।”

त्यसैले होला गएको एकवर्षदेखि मल्ल विराटनगरमा कफी हाउस वेक कप खोलेर जम्ने प्रयासमा रहेका छन्। विराटनगरमा पनि कफीका पारखी होलान् र? ३० वर्षिय मल्ल भन्छन्, “विस्तारै जनमानसमा कफीप्रति सकारात्मक भूमिका बढ्दै गएको छ। हिजोको दिन सीमित दायरामा रहेको कफीको विस्तार बृहत बन्दै गएको छ र त्यसलाई प्रस्तुत गर्न हामीहरु जमर्को गर्दैछौँ।”

प्रदेशमा कफीकै लागि भनेर छुट्टै रेष्टुरेन्टहरु कम रहेको बताएका मल्ल नयाँ सोचसहित अघि बढेको बताउँछन्। विराटनगरको बाटा रोडमा मासिक एक लाख रुपैयाँ खर्चसहित वेक कप हाउस खोलेर व्यवसायिक बन्दै गएका मल्ल काम गर्ने जाँगर र सीप भए विदेशिनु नपर्ने बताउँछन्। दैनिक १५ सय युवाहरु कामका लागि विदेशीने गरेको बताएका मल्ल भन्छन्, “काम विदेशमा सिकेपनि सिकेको सीप आफ्नै देशमा विस्तार गर्नुपर्छ।”

सुरुवातमा २० लाख रुपैयाँमा अघि बढेको कफी हाउसमा उनले ६ जनालाई रोजगारी दिइरहेका छन्। त्यसैगरि, हाउसको भाडा मासिक ३० हजार तिर्दै आएका मल्लले भने “विस्तारै कफीबारे जानकारी दिन थालेका छौँ , राम्रै हुँदै गएको छ। घरमा खर्च माग्नुपर्ने अवस्था आएको छैन।”

हाल उनले वेक कपमा विभिन्न कफीमध्ये अग्र्यानिक कफी एराविकालाई प्राथमिकता दिँदै आएका छन्। धेरैले कफीलाई तयारी कफी अर्थात इन्स्टान्टको रुपमा बुझ्ने गरेको बताएका मल्ल एराविका र रोबुस्टा कफीले नेपाली बजारमा स्थान पाएको बताउँछन्। माघको चिसोमा भन्दा कफी पारखीको भीड भने गर्मीयाममा हुने बताएका मल्लले भने, “युवापुस्ता गर्मीमा कोल्डकफीमा बढि आकर्षित हुन्छन्। उनीहरुको रोजाइ कोल्ड कफी, हट मुक्का र क्यापेचिनो हुने गरेको छ।”

काठमाडौँ कफीको ब्राण्ड लिएरअघि बढेका कफी व्यवसायि मल्ल आफ्नै कफी खेतीबाट नयाँ ब्राण्डिङतर्फ अघि बढिरहेका छन्। मल्ल परिवारले इलामको बीजबारीमा गएको दुइवर्षदेखि करिब ४४ रोपनीमा कफीखेती पनि गरिरहेका छन्। कफी व्यवसायी मल्ल भन्छन्, “यहाँको मौसम कफी उत्पादनका लागि निक्कै राम्रो रहेको छ। त्यसैले पनि यहाँ उत्पादित कफीले विश्वबजारमा राम्रो स्थान पाउने आशा राखेका छौं।”विराटनगरकै बाल कल्याण विद्या मन्दिर विकेभीएमबाट प्रवेशिका उतिर्ण गरेका मल्लले आफ्नो स्नातक तहको पढाइ काठमाडौँमा पुरा गरे।

त्यसपछि करिब दुइ वर्ष मल्लले स्ट्यान्डर्ड चार्टड बैंकमा समेत काम गरे। तर त्यसले मात्र आफ्नो भविष्य सुनिश्चित नहुने देखेपछि उच्च शिक्षाको लागि मल्ल स्वीट्जरल्याण्ड पुगेका थिए। यसबीच उनी टेबलटेनिसमा पनि राम्रोसँग जमेका थिए।

नेपालका लागि उनले सन् २००७ मा भारतमा आयोजित साफ च्याम्पियन्सीप र वल्र्ड जूनियर सर्किटमा प्रतिस्पर्धा गरे। खेललाई चटक्क भुल्न नसकिने बताएका मल्ल हास्दै भन्छन्, “खेलले आफूलाई आत्मसन्तुष्टि दिने गर्छ। सानैबाट टेबलटेनिसमा मन लाग्यो। अन्तर्राष्ट्रियस्तरमा नेपाललाई प्रतिनीधित्व गर्ने अवसर पाए। त्यसैलेपनि खेलबाट टाढा हुन सकेको छैन।”

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार कफीको नियमित सेवनले कलेजो तथा पिसाब सम्बन्धी रोग नियन्त्रणमा साथ दिने गरेको पाइन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?