
कलाकार मोनिका बेदीको जीवन कुनै फिल्मको कहानीभन्दा कम चाखलाग्दो छैन। उनको जीवनमा बलिउड फिल्ममा पाइने सबै ‘टनर्’ र ‘ट्वीस्ट’ छन्।
१९७५ जनवरी १८ मा पञ्जाबको होशियारपुरमा जन्मेकी मोनिका बेदी आज ग्ल्यामर दुनियाबाट टाढा छिन्। तर उनको नाम अंडरवर्ल्ड डन अबू सलेमसँग जोडिएका कारण चर्चामा रहिन्। तर उनको जीवनका अनेक पानाहरु पनि छन्।
मोनिकाका बुवा डाक्टर थिए। १९७९ मा उनका बुबाआमा नर्वे गएर बस्न थाले। मोनिकाले अक्सफोर्ड विश्वविद्यालयबाट साहित्य अध्ययन गरेकी छन्।
मोनिका आफ्नो सपना पूरा गर्न मुंम्बई शहरतिर लागिन्। मोनिकाले आफ्नो फिल्मी करियरको सुरुवात तेलुगु फिल्म ‘ताजमहल ’बाट गरिन्। तर यो फिल्म पाए सँगै उनी अंडरवल्र्ड डनसगँ नजिकिइन्। डनसँगको निकटतासँगै उनले बलिउडमा सजिलै फिल्म पाउन थालिन् तर उनी अपराधतर्फ पनि उन्मुख भइन्।
उनलाई २००२ मा अबू सलेमसँग पोर्चुगलमा गिरफ्तार गरिएको थियो। तर एउटा साधारण केटीको भेट अण्डरवल्र्ड डनसँग कसरी भयो भन्ने प्रश्न सधै रहिरयो।
सो प्रश्नको जवाफ उनले २०१४ मा दिएको अन्तर्वार्तामा भनिन् ‘अबूसँग उनको सम्पर्क फोनबाट भएको थियो। त्यो समयमा उनी दुबईमा थिइन्। उसले आफ्नो परिचय अरु नै नामबाट बिजनेसम्यान भनेर गरेको थियो।’
फोनमा कुराकानी गर्दा अबूको आवाज सुनेपछि मोनिका बढि नजिक भइन्। यो सिलसिला करिब ९ महिना सम्म चल्यो। त्यसपछि मोनिका अबूलाई भेट्न दुबई गइन्, त्यहाँ उसले भन्यो उसको असली नाम अबू सलेम हो। मोनिकाका अनुसार त्यो समय उनलाई अबू सलम को हुन् भन्ने थाहा थिएन ।
मोनिकाले जेलमा सजाय काटीन्। सो काण्डपछि उनले आफुलाई फिल्मी शहरबाट अलग राख्छिन् होला भन्ने अरु कलाकारको लागेको थियो तर उनले त्यसो नगरी नँया जीवनको सुरुवात गरिन्।
उनी २००८ मा ‘बिग बोस’ को दोस्रो सिजनमा देखा परिन्। उक्त शोमा मोनिकाले विनम्र स्वभाव र एकदमै अलग ढंगबाट आफुलाई प्रस्तुत गरेकी थिइन्। जुन दर्शकले मन पराए। ‘बिग बोस’ पछि उनी ‘झलक दिख्लाजा’, ‘देसी गर्ल लागाएतका शोहरुमा देखापरिन्। त्यसपछि उनी ‘सरस्वतीचंद्र’ सिरियलमा ‘गुमान’ नामको रोलमा देखिइन्। यति मात्र होइन उनले पञ्जाबी फिल्महरुमा पनि कोसिस् गरिन्।
अहिलेक मोनिका सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। फिटनेश फ्री मोनिका सामाजिक सञ्जालमा आफूले एक्सरसाइज गरेका भिडियो अपलोड गर्छिन्।