सारा अली खान र अमृता सिंहलाई भूमाफियाबाट खतरा, प्रहरीलाई दिए निवेदन

सारा अली खान र अमृता सिंहलाई भूमाफियाबाट खतरा, प्रहरीलाई दिए निवेदन
+
-

अभिनेत्री सारा अली खान र उनकी आमा अमृता सिंहले देहरादून प्रहरीमा जमीन सुरक्षाको लागि निवेदन दिएका छन् । देहरादूनमा अमृताका मामाको करोडौँ पर्ने जमीन छ जसमा भूमाफियाले नजर लगाएको उनीहरुको आरोप छ ।

भूमाफियाले कब्जा गर्न सक्ने भन्दै उनीहरुले जमीनको सुरक्षाका लागि प्रहरीमा निवेदन दर्ता गराएका हुन् । प्राप्त जानकारीका अनुसार अमृता सिंहका मामा मधुसूदन बिमबेटको शनिबार मृत्यु भएको छ । उनी क्यान्सरबाट पीडित थिए । अमृता आफ्ना मामा मधुसूदनको अन्तिम संस्कारमा सहभागी भइन् र साँझ प्रहरी चौकी गएर जमीन सुरक्षाका लागि लिखित निवेदन दर्ता गराइन् ।

अमृता सिंहले प्रहरीलाई जानकारी गराए अनुसार उनका मामा मधुसूदन बिमबेट देहरादूनमा एक्लो जीवन बिताइरहेका थिए । जबसम्म उनको परिवारका अन्य व्यक्तिहरु पुग्दैनन् तबसम्म जमीनको सुरक्षा गरिदिन उनले प्रहरीलाई आग्रह गरेकी हुन् ।

मधुसूदन बिमबेटको जमीनमा उनको हेरचाह र रेखदेख गर्ने शेरसिंहले पनि आफ्नो हक दाबी गरेका छन् । उनका अनुसार अमृता सिंह र उनका मालिक मधुसूदनका बीचमा राम्रो सम्बन्ध थिएन । उनले पनि यसबारेमा प्रहरीलाई लिखित निवेदन दिएका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’