
काठमाडौँ – चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनशनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि अमेरिकाको टेक्सासमा रहेका नेपालीको संस्थाले अपिल गरेको छ ।
टेक्सासमा रहेको युएस–नेपाल पोलिसी रिसर्च सेन्टरले विज्ञप्ति निकालेर डा. केसीको जीवन रक्षाका लागि अपिल गरेको हो ।
डा. केसी नेपालमा स्वास्थ्य शिक्षा गुणस्तरीय र सुलभ बनाउनेका लागि संघर्षरत रहेकाले सरकारले उनको कुरा सुन्नु पर्ने र जीवन रक्षा गर्नु पर्ने सेन्टरका अध्यक्ष डा. आमोद पोखरेलसहितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।