ब्रोकाउलीका फाइदाः क्यान्सरबाट बचाउँछ, पकाउँदा ध्यान दिनुपर्छ!

ब्रोकाउलीका फाइदाः क्यान्सरबाट बचाउँछ, पकाउँदा ध्यान दिनुपर्छ!
+
-

विशेष गरी हिउँदको समयमा पाइने ब्रोकाउली स्वादिलो तरकारी मात्रै होइन, यो भिटामिन के र सी को राम्रो स्रोत पनि हो । ब्रोकाउलीमा फोलिक एसिड, पोटासियम तथा फाइबर पनि पाइन्छ । यसमा पाइने भिटामिन सी ले शरीरमा टिस्यु तथा हड्डीका लागि चाहिने तत्व उत्पादनमा सहयोग गर्छ, जसका कारण चोटपटक निको हुन सहयोग गर्छ । यस्तै भिटामिन सी एन्टिअक्सिडेन्टको राम्रो स्रोत पनि भएकाले शरीरलाई फाइदा गर्छ ।

पकाउने तरिकाले फरक पार्छ


ब्रोकाउली कसरी पकाइन्छ भन्ने कुराले त्यसबाट पाइने भिटामिन तथा अरु तत्वको अवस्था निर्धारण हुन्छ । ब्रोकाउली उमालेर वा मज्जाले पकाएमा त्यसमा रहेको ९० प्रतिशत भिटामिन तथा अरु तत्व बाहिर जान्छ वा झोलमा मिसिन्छ । तर बफाउने, रोस्ट गर्ने, फ्राइ गर्ने वा माइक्रोवेभमा पकाउने गरेमा ब्रोकाउलीमा रहेका पौष्टिक तत्वहरु अधिकांश मात्रामा जोगिन्छन् ।

इतिहास


ब्रोकाउली रोमन साम्राज्यका बेला बन्दाकोभीबाट विकास गरिएको हो । यसलाई रोमनहरुले खुब स्वादका साथ खाने गर्थे । यसको नाम इटालियन शब्द ब्रोकोलोबाट आएको हो ।

फाइदाहरु


ब्रोकाउलीमा भिटामिन तथा अरु पोषण तत्व हुने भएकाले यसले पोषणमा महत्वपूर्ण भूमिका खेल्छ । यसमा हुने बायोएक्टिभ कम्पाउण्डले शरीरमा हुने संक्रमणलाई रोक्न सहयोग गर्छ । यस्तै घाउहरु सुन्निन तथा संक्रमण हुन दिँदैन ।

यस्तै बायोएक्टिभ कम्पाउण्डले शरीरका कोषिकाहरु मर्न नदिने भएकाले केही प्रकारका क्यान्सरविरुद्ध पनि यसले काम गर्छ । ब्रोकाउली स्तन क्यान्सर, आन्द्राको क्यान्सर, मृर्गौलामा हुने क्यान्सर, ब्लाडरमा हुने क्यान्सर तथा प्रोस्टेट क्यान्सरको सुरक्षा कवच पनि बन्न सक्छ ।

ब्रोकाउलीमा हुने एन्टिअक्सिडेन्ट तथा फाइबरले रगतमा चिनीको मात्रा उचित राख्न पनि सहयोग गर्छ । यस्तै मुटु सम्बन्धी समस्या कम गर्न वा त्यसको जोखिम कम गर्नका लागि पनि ब्रोकाउली उपयुक्त हुने देखिएको छ ।

यसैगरी ब्रोकाउलीमा भएका तत्वका कारण मस्तिष्कको क्रियाशिलतामा कमी आउने क्रम कम हुन्छ ।

(यो सामग्री ग्रिन मेड इन्फो, हेल्थ लाइन र हेल्थी इटिङ्गको सहयोगमा तयार पारिएको हो ।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?