केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु
+
-

काठमाडौँ-नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ।

कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. भगतलाल श्रेष्ठले जानकारी दिए।

उनले भने-“रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग र बूढाबूढी कैदीबन्दी भएका कारण मृत्यु भएको हो”। कारागार अस्पतालमा उपचार हुन नसकेको बिरामीलाई रोगको प्रकृति हेरेर वीरअस्पताल, शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पतालमा पठाउँदै आएको डा श्रेष्ठले बताए।

वि.सं. १९७१ मा स्थापना भएको मुलुककै पुरानो केन्द्रीय कारागार जगन्नाथदेवलमा वि.सं. २०२० तिरबाट कैदीबन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको हो । केन्द्र, भद्र र महिला जेल भएको केन्द्रीय कारागारमा हाल दुई हजार ८०० कैदीबन्दी रहेका छन् ।

यस्तै चालू आवमा मात्र झण्डै पाँच हजार नयाँ तथा पुराना कैदीबन्दीले उपचार गराएको कारागार अस्पतालले जनाएको छ । आव २०७४/०७५ मा ३२ हजार नयाँ तथा पुराना कैदीबन्दीले उपचार गरेका थिए ।

२४ सैँ घण्टा कैदीबन्दीको स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएको कारागार अस्पतालले केन्द्रीय कारागारका बिरामीबाहेक डिल्लीबजार कारागार र नख्खु कारागारका कैदीबन्दीको समेत उपचार गर्दै आइरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?