चिकित्सा शिक्षा विधेयक जसरी पनि पारित गर्ने पक्षमा सत्ता पक्ष, सशक्त प्रतिरोध गर्ने कांग्रेसको चेतावनी

चिकित्सा शिक्षा विधेयक जसरी पनि पारित गर्ने पक्षमा सत्ता पक्ष, सशक्त प्रतिरोध गर्ने कांग्रेसको चेतावनी
+
-

काठमाडौँ – चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट जसरी पनि पारित गर्ने पक्षमा सत्ता पक्ष देखिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितको विरोधका बाबजुद पनि सत्ता पक्ष संसदको शिक्षा तथा स्वास्थ्य समितिले अन्तिम रुप दिइ पारित गरेको चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने पक्षमा रहेको हो ।

सोमबारको संसद बैठकबाटै विधेयक पारित गर्ने तयारी स्वरुप कार्यतालिका तय भएको थियो, तर कांग्रेसको अवरोधका कारण संसद बैठक अवरुद्ध भयो ।

मंगलबार बस्ने बैठकबाट भने जसरी भए पनि विधेयक पारित गर्ने पक्षमा आफूहरु रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतक देव गुरुङ्गले देश सञ्चारसँग बताएका छन् । उनका अनुसार सकेसम्म प्रतिपक्षी कांग्रेसलाई पनि साथैमा लैजाने प्रयास हुने र नभए पनि विधेयक पारित गर्ने पक्षमा सत्ता पक्ष छ ।

विधेयक पारित गर्न सत्तारुढ नेकपाले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालको नाममा रहेका अस्पताललाई प्रदेश मातहतमा राख्न खोजिएको तथा डा. गोविन्द केसीको माग पूरा नगरी चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजिएको भन्दै कांग्रेसले सोमबार संसदका दुवै सदनमा अवरोध गरेको थियो ।

विधेयकमा आफ्ना माग नसमेटिएको भन्दै डा. गोविन्द केसी १६ औँ पटकको अनशनमा रहेकै बेला सरकारले भने विधेयकले डा. केसीका सबै माग पूरा गरेको दाबी गर्दै विधेयक पारित गर्ने तयारी गरेको हो ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले डा. केसीका माग समेत समेटेर विधेयकलाई अन्तिम रुप दिइ संसदको पूर्ण बैठकमा पेश गरेको र अब त्यो पारितको तयारी रहेको सरकारले जनाएको छ ।

प्रतिपक्षी कांग्रेसले आफ्नो असहमतिका बाबजुद विधेयक पारित गर्न खोजिए सशक्त प्रतिरोध गर्ने जनाएको छ । कांग्रेस सांसद गगन थापाले सरकारले मुडभेड निम्त्याउन खोजेको दाबी गर्दै विधेयकको विरोधमा संसदमा गर्न मिल्नेसम्मको विरोध गर्ने जानकारी दिए ।

सरकार र मन्त्रीहरुले उनका माग पूरा भएको बताए पनि डा. केसी भने आफ्ना माग पूर्णरुपमा सम्बोधन नभएको भन्दै १६ औँ अनशनमा छन् । इलामाबाट अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्यादेखिएपछि बिहीबार राति काठमाडौँ ल्याइएको थियो । उनी अहिले त्रिवि शिक्षण अस्पतालमा उपचारसहित अनशनमा छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?