पोखरा विश्वविद्यालयका स्ववियु सभापति र सचिव आमरण अनसनमा

पोखरा विश्वविद्यालयका स्ववियु सभापति र सचिव आमरण अनसनमा
+
-

पोखरा – पोखरा विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति सुनिल तिमिल्सिना र सचिव सुरज परियारले सोमबार साँझ ७ बजेदेखि केन्द्रीय कार्यालय अगाडि आमरण अनसन थालेका छन् । विश्वविद्यालयमा लगाइएको ताला खुलाउन विश्वविद्यालय प्रशासनले चासो नदेखाएको र यसअघि स्ववियुले राखेका मागलाई वेवास्ता गरेकोले अनसन थालिएको सभापति तिमिल्सिनाले जानकारी दिए ।

स्ववियु पदाधिकारीकै पदावधिको विषयलाई लिएर कांग्रेस भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गएको पुस २३ गतेदेखि विश्वविद्यालय उपकुलपति चिरन्जिवी शर्मा, रजिस्टार गोविन्द शर्मा, कन्ट्रोलर भरतराज ढुंगाना सहित मुख्य ४ संकायका निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेको छ । स्ववियुले पदावधिको विषय सुल्झाउन पोखरा विश्वविद्यालय प्रशासनलाई विपक्षी बनाई अदालतमा रिट दायर गरेको थियो ।

उच्च अदालतले सो रिटमा गएको शुक्रबार कारण देखाउ आदेश जारी गर्दै आउँदो माघ १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

किन भयो विवाद ?


विश्वविद्यालयमा पहिलो पटक २०७४ चैत २० गते स्ववियु निर्वाचन भएको थियो । चुनाव अगावै विद्यार्थी संगठनबीच सहमति भई स्ववियु तथा विद्यार्थी आचारसंहिता २०६५ संसोधन गरिएको थियो ।

सो संहिताको नियम ५ ‘ग’ मा ‘कार्यसमितिमा रहेका पदाधिकारी र सदस्य विद्यार्थीहरु जुन तह र विषयको नियमित विद्यार्थीको हैसियतमा निर्वाचित भएका हुन्छ, सोही तहको अन्तिम वर्ष वा सेमेस्टर वा ट्राइमेस्टरको सैद्धान्तिक परीक्षा दिइसकेपछि कार्यसमितिको पदाधिकारी र सदस्यको पद स्वतः समाप्त भएको मानिनेछ’

स्ववियुको २ वर्षे कार्यकाल भएपनि सैद्धान्तिक परीक्षा सकिएपछि स्वतः पद समाप्त हुने नियम भएकाले पदावधि सकिएका पदाधिकारीले राजीनामा दिनुपर्ने नेविसंघले माग राखेको छ ।

सो नियमअनुसार स्ववियु सचिव सुरज परियारको भदौमा म्याद सकिएको छ भने उपाध्यक्ष प्रतीक्षा गैरेको असोजमा । अध्यक्ष सुनिल तिमिल्सिनाको फागुन अन्तिममा म्याद सकिँदैछ । नियमअनुसार नगई स्ववियुले पदाधिकारीहरुको म्याद लम्ब्याउन चलखेल गरेको पोखरा विश्वद्यिालय नेविसंघ इकाई सभापति फिरोज सुवेदीको आरोप छ । जुन तहबाट विद्यार्थीले स्ववियु निर्वाचनमा भाग लिएको हो त्यसको समय सकिएपछि प्रशासनले नै उसलाई पदबाट हटाउन निर्णय गर्नुपर्ने नेविसंघको तर्क छ ।

तर स्ववियु सोही नियमको पदरिक्तता सम्बन्धी बुँदामा सेमेस्टर सकिएपछि रिक्त हुने भन्ने विषयमा कहिँ पनि उल्लेख नभएको भन्दै पदावधि पूर्ण रुपमा २ वर्ष हुने अडान राखेको छ । ‘यो नियम व्यवहारिक छैन,’ सभापति तिमिल्सिना भन्छन्,’ ‘त्रिभुवन विश्वविद्यालयको जस्तै स्ववियुको पदावधि पूर्ण २ वर्ष कायम गरिनुपर्दछ ।’

पदावधिको विषय सुल्झाउन यसअघि देखि नै विश्वविद्यालय कार्यकारी परिषदमा निवेदन दर्ता गराइसकेको भएपनि कुनै सुनुवाई नभएका कारण अन्तिममा अदालत जानु परेको उनले बताए । ‘अदालतले कानुन अनुसारको फैसला गर्ला तर अहिले विश्वविद्यालयको ताला खोल्नु पर्छ भन्ने माग हो,’ उनले भने ।

सेवा आयोगको कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, लेखा र प्रशासन कार्यालयमा समेत तालाबन्दी हुँदा विश्वविद्यालयमा विद्यार्थीको पढाई सहित प्रशासनिक काम प्रभावित भएको छ । तालाबन्दीका कारण आगामी फागुन ८ गते हुने भनिएको दीक्षान्त समारोह समेत प्रभावित बन्ने निश्चित देखिएको छ । सोही विषयलाई लिएर गएको मंसिर २० मा नेविसंघले उपकुलपति र स्ववियु सभापतिको कुर्सी जलाएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?