पोखरा विश्‍वविद्यालयको तालाबन्दी खुल्यो, स्ववियूले अनसन तोडेर अदालतको फैसला पर्खिने

पोखरा विश्‍वविद्यालयको तालाबन्दी खुल्यो, स्ववियूले अनसन तोडेर अदालतको फैसला पर्खिने
+
-

पोखरा-पोखरा विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को पदाधिकारी पदावधि विषयलाई लिएर उत्पन्न विवाद पछि नेविसंघले लगाएको ताला खुलेको छ ।

विश्वविद्यालयको तालाबन्दी तत्काल खुलाउनुपर्ने र स्ववियुले राखेका मागहरुलाई सम्बोधन गर्नुपर्ने भन्दै स्ववियु सभापति सुनिल तिमिल्सिना र सचिव सुरज परियारले सोमबारदेखि केन्द्रीय कार्यालय अगाडि थालेको अनसन समेत तत्कालका लागि तोडिएको छ ।

स्ववियु पदाधिकारीहरुको पदावधि विवाद सम्बन्धमा विश्वविद्यालयका डिन हरिबहादुर खड्काको संयोजकत्वमा ४ सदस्यीय समिति गठन भएपछि नेविसंघले तत्काललाई ताला खोल्ने र स्ववियुले अनसन स्थगित गर्ने सहमति भएको स्ववियु सभापति सुनिल तिमिल्सिनाले जानकारी दिए । गठित समितिले एक हप्ता भित्र विश्वविद्यालयलाई प्रतिवेदन बुझाउने सहमति भएको हो।

स्ववियुको २ वर्षे कार्यकाल भएपनि सैद्धान्तिक परीक्षा सकिएपछि स्वतः पद समाप्त हुने नियम भएकाले पदावधि सकिएका पदाधिकारीले राजीनामा दिनुपर्ने नेविसंघले माग राख्दै आएको थियो।

सो नियमअनुसार स्ववियु सचिव सुरज परियारको भदौमा म्याद सकिएको छ भने उपाध्यक्ष प्रतीक्षा गैरेको असोजमा । अध्यक्ष सुनिल तिमिल्सिनाको फागुन अन्तिममा म्याद सकिँदैछ।

नियमअनुसार स्ववियुको पदावधि कायम हुनुपर्ने भन्दै गएको पुस २३ गतेदेखि नेविसंघले विश्वविद्यालय उपकुलपति चिरन्जिवी शर्मा, रजिस्टार गोविन्द शर्मा, कन्ट्रोलर भरतराज ढुंगाना सहित मुख्य ४ संकायका निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेको थियो।

स्ववियुले पदावधिको विषय सुल्झाउन पोखरा विश्वविद्यालय प्रशासनलाई विपक्षी बनाई अदालतमा रिट दायर गरेको छ। उच्च अदालतले सो रिटमा गएको शुक्रबार कारण देखाउ आदेश जारी गर्दै आउँदो माघ १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ। स्ववियुको पदावधिको विषय अदालतबाट जे फैसला हुन्छ सो मान्न तयार रहेको सभापति तिमिल्सिनाले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?