पारिश्रमिकसहित कांग्रेस सांसदले समाजसेवामा खर्चिए १२ लाख

पारिश्रमिकसहित कांग्रेस सांसदले समाजसेवामा खर्चिए १२ लाख
+
-

पोखरा- संघीय र प्रदेश सरकारका मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको। मुकाममै घर भएर पनि सांसदले घरभाडा लिएको। राज्यको ढुकुटी खर्चेर विलासी सवारी साधन खरिद गरेको समाचार मिडियामा आइरहँदा एक प्रदेश सदस्यले भने आफूले एक वर्षसम्म प्राप्त गरेको सम्पूर्ण तलब भत्ता निर्वाचित क्षेत्रमा खर्चेका छन्।

गोरखा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट गण्डकी प्रदेश सभामा निर्वाचित प्रकाशचन्द्र दवाडीले तलब भत्ता मात्रै खर्चिएनन्, आफ्नो इलमबाट कमाएको मुनाफाको निश्चित हिस्सा कटाएर जम्मा गरेको रकम स्वास्थ्य र शिक्षामा खर्चिए।

प्रदेश सदस्य दवाडीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर एक वर्षमा १२ लाख २१ हजार २ सय २० रुपैयाँ नगद र ८० वटा प्लास्टिक कुर्सी निर्वाचन क्षेत्रको विकासका लागि खर्च गरेको विवरण सार्वजनिक गरेका छन्।

‘प्रदेशसभामा प्रवेश गरेको एक वर्षमा मेरो खातामा तबल र भत्ता बापत ७ लाख ३० हजार ३ सय १५ रुपैयाँ जम्मा भएको रहेछ,’ उनले भने, ‘सो रकममा मैले जापानमा हस्तकलाको व्यापारबाट आएको मुनाफाबाट केहि प्रतिशत कटाएर जम्मा गरेको रकम आफ्नो निर्वाचन क्षेत्रका लागि खर्चिएको छु ।’ जनताको प्रतिनिधि जनसेवाकै लागि चुनिएको बताउँदै सदस्य दवाडीले राजनीति सेवाका लागि भएको उल्लेख गरे।

महाभूकम्प ०७२ को केन्द्र बारपाक दवाडीको निर्वाचन क्षेत्रमा पर्छ । दवाडीले आफू निर्वाचित भएको क्षेत्र अझैसम्म पनि सुलभ शिक्षा र स्वास्थ्यबाट बन्चित हुनुपरेको अवस्थामा सरकारी सुविधा लिन मनबाटै नचाहेको बताए। २०७४ माघ ७ गते प्रदेश सभा सदस्यको हैसियतमा सपथ खाए लगत्तै सरकारी सुविधा बापतको रकम निर्वाचन क्षेत्रमा खर्चिने प्रतिबद्धता जनाएका थिए।

सो कुराको स्मरण गर्दै जनतासामू गरेको प्रतिबद्धता पूरा गर्न अझै धेरै बाँकी रहेको बताए । अहिले पनि अधिकांश समय निर्वाचन क्षेत्रका जनताहरुसँग बिताएको बताउँदै सदस्य दवाडीले आफ्ना जनताहरुलाई विमुख हुन नदिने दाबी गरे।

उनले सो रकम निर्वाचन क्षेत्रका व्यक्तिहरुको उपचार, विभिन्न विद्यालयहरुका लागि आर्थिक सहयोग, एम्बुलेन्स खरिदका लागि सहयोग, आमा समूहका लागि कुर्सी खरिद, तातोपानी क्षेत्र संरक्षणका लागि खर्चिएको विवरण सार्वजनिक गरेका छन् । दवाडी नेपाली कांग्रेसबाट प्रत्यक्षमा निर्वाचित प्रदेश सदस्य हुन्।

यसअघि कास्की निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित राजीव पहारीले तलब भत्ता बापतको रकम खर्चिएको सार्वजनिक गरेका थिए । सदस्य पहारीले आफू निर्वाचित भएको क्षेत्रमा सुविधा बापतको ४ लाख ५० हजार रुपैयाँ शिक्षा र स्वास्थ्य सेवामा खर्चिएको जानकारी दिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?