
सिरहा- सिरहामा जंगली फल खाँदा १५ बालबालिकासहित १७ जना बिरामी परेका छन् भने एक जना गम्भीर भएका छन्।
बाख्रा चराउन गएको बेला बघण्डी नामक फल खाँदा उनीहरु बिरामी भएको सिरहा प्रहरीले जनाएको छ।
जंगली फल खाँएर विरामी जिल्लाको खुवानान्कारकट्टी गाउँपालिका–१ मौवाहीकी २ महिला सहित १५ जना बालबालिका विरामी भएको प्रहरीले जनाएको छ।
फल खाएर विरामी भएकाहरु सबै दलित हुन्। उनीहरुको लहानस्थित राउ स्मारक अस्पताल, सिरहा अस्पताल र कामना नर्सिङहोम लहानमा उपचार भई रहेको प्रहरीले जनाएको छ।
बिरामी मध्ये गम्भीर भएकी-४ वर्षीय सञ्जना सदायलाई थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।