ड्रोनका कारण सबै उडान ग्राउण्डेड

ड्रोनका कारण सबै उडान ग्राउण्डेड
+
-

अमेरिकाको न्यू जर्सीमा रहेको निवार्क अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तय भएका उडानहरु ड्रोनका कारण ग्राउण्डेड भएका छन् ।

विमानस्थल नजिकै दुईवटा ड्रोन उडेका कारण विमानस्थलका उडान ग्राउण्डेड भएका हुन् ।

एक विमानका पाइलटले एउटा ड्रोन आफ्नो विमानको ९ मिटरको दूरीमा आएको एयर ट्राफिक कन्ट्रोललाई बताए । ती पाइलटले उडाएको विमान टेटेर्बोरो विमानस्थलका लागि उडेका थिए ।

पाइलटले ड्रोनबारे जानकारी दिएपछि सम्भावित खतराबाट जोगिनका लागि अधिकारीले निवार्क अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान ग्राउण्डेड गरेका छन् ।

यो विमानस्थल अमेरिकाका व्यस्त विमानस्थलको सूचिमा ११ औँ स्थानमा पर्छ । यहाँबाट हरेक वर्ष २० मिलियन यात्रुले उडान तथा अवतरण सेवा लिन्छन् ।

ड्रोनले दिएको दुःख बारे अमेरिकाको संघीय उड्डयन अथ्योरिटी (एफएए) ले वक्तव्य जारी गरेर भनेको छ, ‘मंगलबार झण्डै बेलुका पाँच बजेतिर (स्थानीय समय), निवार्क विमानस्थल आउँदै गरेका दुई विमानले ३५ सय फिटमाथि ड्रोन देखेका थिए । ती ड्रोन टेटेर्बोरोको आकाशमा थिए ।’

निवार्क विमानस्थल आउँदै गरेका विमानहरुलाई केहीबेर अवरोध भएको एफएएले जनाएको छ । त्यसपछि अरु ड्रोन नदेखिएकाले अवतरण सुचारु भएको तर उडान भने ग्राउण्डेड गरिएको जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?