गाउँपालिकाको सेवा मोबाइल अब ‘एप्स’बाट

+
-

नुवाकोट- नुवाकोटको किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवा मोबाइल एप्सबाट समेत सुरु गरेको छ।

गाउँपालिकाको नाममा तयार गरिएको ‘किस्पाङ’ नामक मोबाइल एप्सबाटै गाउँपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको जानकारी सेवाग्राहीले प्राप्त गर्न सक्ने गाँउपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए।

उनका अनुसार एप्समार्फत् गाँउपालिकाको परिचय, जनप्रतिनिधि र कर्मचारीको पूर्ण विवरण, नागरिक बडापत्र, राजश्व–कर, योजनासम्बन्धी जानकारी, कानून एवं निर्देशिका, बजेट तथा निर्णयलगायतका शीर्षक समावेश गरिएको छ।

“जनतालाई सेवा प्रवाह छिटो–छरितो एवं पारदर्शीरूपमा उपलब्ध गराउन एप्स सुविधा सञ्चालनमा ल्याएका हौँ”, लामाले भने, “घटना दर्ता, बोलपत्र आह्वान, गाँउपालिकाले प्रवाह गर्ने सेवासम्बन्धी समस्या दर्ता तथा सुझाव र गुनासा अब इन्टरनेटको सहयोगमा जहाँ बसेर पनि मोबाइलबाटै सेवाग्राहीले गर्न सक्ने व्यवस्था मिलाइएको छ।”

नुवाकोटमा रहेका १२ स्थानीय तहमध्ये पहिलोे गाउँपालिकाका रूपमा किस्पाङ गाँउपालिकाले यहाँ रहेको लुमिनरी सफ्टवेयर बिल्डर कम्पनीमार्फत रु ५० हजार लगानीमा एप्स तयार गरेको जनाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?