
दाङ-पोषण गृहमा उपचारको लागि आएका थारु समुदायका बालबालिकामा कुपोषणको लक्षण भेटिएको छ। स्थानीय तहमा रहेको स्वास्थ्य संस्थामा स्थापना गरिएको पोषण गृहमा उपचार गरिएका दुई सय ९८ कुपोषणको लक्षण देखिएको हो।
पोषण गृहले तीमध्ये एक सय १८ बालबालिकाको उपचार गरेकको छ। आमा–वुबा मजदुरी काममा बढी खट्ने भएकाले बाल बच्चाको स्याहार सुसार र खानपानमा ध्यान नपुग्दा कुपोषणको लक्षण देखिएको हुन सक्ने अनुमान गरिएको छ।
शीघ्र कुपोषित बालबालिकाको उपचार गर्न पोषण गृह
शीघ्र कुपोषित बालबालिकाको पोषण उपचारको लागि दश वटै स्थानीय तहमा पोषण गृह स्थापना गरिएको छ।अहिले कुपोषित बालबालिकाको उपचारमा सहजता आएको छ।
दश स्थानीय तहका १२ ठाउँमा शिघ्र कुपोषित बालबालिकाको लागि उपचार तथा पोषण कार्यक्रम गत बर्षदेखि शुरु भएको हो। स्वास्थ्य संस्थामा पोषण गृह स्थापना गरिएको छ।
घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा २/२ ओटा र अन्य स्थानीय तहमा १/१ वटा गरी १२ स्थानमा शिघ्र कुपोषित बालबालिकाको लागि उपचार तथा पोषण कार्यक्रम शुरु भएको सन्तुलित भोजन कार्यक्रम संयोजक सुरजकुमार शर्माले जानकारी दिए।