नगरप्रमुखद्वारा आफ्नो तलबबाट अक्षयकोष स्थापना

नगरप्रमुखद्वारा आफ्नो तलबबाट अक्षयकोष स्थापना
+
-

पर्वत– आफू जनप्रतिनिधि भएबापत राज्यबाट पाउने सेवा सुविधा नगरवासीकै प्रयोजनका लागि खर्च गर्ने प्रतिबद्धता जनाएका कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले फेरि अर्को सराहनीय काम गरेका छन्।

उनले जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा रहेको शुभकल्याण आधारभूत विद्यालयको शैक्षिक विकासका लागि आफ्नो दुई महीना बराबरको तलब रु ७० हजारबाट अक्षयकोष स्थापना गरेका छन्।

उनले विद्यालयको ५७औँ वार्षिकोत्सवको अवसरमा पहिलोपटक अक्षयकोष स्थापना गरेर रकम सहयोग गरे। उनले यसअघि नगरपालिकाभित्रका विपन्न, असहाय विद्यार्थीको पठनपाठन, न्यानो कपडा वितरण, बिरामीलाई उपचारलगायतका कार्यमा सहयोग गर्दै आएका थिए।

आफु निर्वाचित भएको झण्डै २२ महिना पुगिसकेको र अहिलेसम्म आफूले प्राप्त गरेको तलब, भत्ताबाट प्राप्त गरेको रकम नगरवासीकै सेवामा खर्च गरेको नगरप्रमुख जोशीले बताए। उनले कुश्मालाई नेपालकै नमूना नगरपालिकाको रुपमा विकास गर्न थालिएको बताउँदै अब नगरका सबै वडामा कालोपत्रे सडक, घरघरमा खानेपानीका धारा, शिक्षा, स्वास्थ्य, सिँचाइलगायतका पूर्वाधारको एकीकृत रुपमा विकास गरिने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?