भेनेजुयलामा तत्काल निर्वाचन घोषणा गर्न स्पेनको आग्रह

भेनेजुयलामा तत्काल निर्वाचन घोषणा गर्न स्पेनको आग्रह
+
-

स्पेन – भेनेजुयलाको राजनीतिक विवादले उग्र रूप लिइरहेका समय राष्ट्रपति निकोलास मदुरोलाई तत्काल निर्वाचनको मिति तय गर्न स्पेनले  आग्रह गरेको छ ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार भेनेजुयलाका राष्ट्रपति मदुरोलाई आठ दिन भित्र निर्वाचनको मिति तोक्न आग्रह गरेका हुन् । सान्चेजले वर्तमान नेतृत्वले आठ दिन भित्रमा निर्वाचनको मिति नतोके स्पेनले विपक्षी नेतालाई अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिने बताएका छन् ।

‘यदि आठ दिनभित्र भेनेजुयलामा स्वच्छ, स्वतन्त्र र पारदर्शी निर्वाचनको आह्वान नगरिए स्पेनले प्रतिपक्षी नेता हुँवा गुइदोलाई राष्ट्रपति रूपमा मान्यता दिने छ,’ स्पेनी प्रधानमन्त्री सान्चेजले भने ।

भेनेजुयलाका प्रतिपक्षी नेता गुइदोले बुधबार आफैलाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेका थिए । घोषणालाई अमेरिका तथा दक्षिण अमेरिकाका अन्य राष्ट्र पेरू, ब्राजिल, कोलम्बियाले मान्यता दिएका छन् । यूरोपेली मुलुकहरू जर्मनी र फ्रान्सले पनि विपक्षी नेतालाई सधाउने सङ्केत गरिसकेका छन् ।

तर टर्की, रसिया, चीन भने मदुरोको पक्षमा देखिएका छन् । मदुरोलाई मेक्सिको, क्युबा र बोलिभियाका बामपन्थी सरकारहरूले विगतमा झैँ समर्थन यथावत् रहेको जनाएका छन् भने कतिपय मुलुकहरू यसबारे बोलिसकेका छैनन् ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?