
नेपाल शिवशक्तिको सङ्गम स्थल हो । नेपालको विश्वमा परिचय र सर्वाङ्गिण विकासका लागि धार्मिक पर्यटनको प्रवर्धन सामाजिक, सांस्कृतिक समन्वयको आवश्यकता रहेको छ । आर्थिक समृद्धिका आधार नेपाली जीवन्त संस्कृति र परम्परा हुन् । सूचना र सञ्चारको माध्यमबाट नेपालको धार्मिक सांस्कृतिक क्षेत्रको परिचय विश्वभरि फैलाउन आवश्यक छ । पश्चिमको कर्णाली सभ्यता, मध्यनेपालको बागमती, गण्डकी सभ्यता, पूर्वी भेगको कौशीकी क्षेत्रका वरिपरी विकास भएको सभ्यताको एकीकृत स्वरुप नेपाल हो । देवभूमि आध्यमिक क्षेत्र विविध कला साहित्य रमणीय धार्मिक पर्यटकीय स्थल नेपालको परिचय हो ।
समाजले आर्थिक रूपमा मुहार कसरी फेर्न सक्दछन् ? नेपालको कला, साहित्य, भाषा, भेष भुषा, विविध सप्तरङ्गी संस्कृतिको प्रवर्धन कसरी गर्न सकिन्छ ? विश्वमा नेपाललाई चिनाउने महत्वपूर्ण पक्षहरू के के हुन्?
हामी गौरव गर्छौँ सगरमाथाको देश, बुद्ध जन्मेको देश, वेदव्यास जन्मेको देश साथै हजारौँ हजार ऋषिमहर्षिले तपस्या गरेर वेदको ज्ञान साक्षातकार गरेको देश । विविध कला संस्कृति रहनसहन हजारौँ हजार जडिबुटी विश्वमा दुर्लभ रहेका चराचुरुङ्गी, एक सिग्गे गैडा, हिमश्रृङ्खलाको मनोरम दृश्य, तराईका फाँटहरू, नेपालभरि काष्ठकला, मूर्तिकला, हस्तकला सील्पकलाका अनुपम नमूनाहरु देख्न पाइन्छ। यति मात्रै हो त नेपालको परिचय ?
श्रीशिवशक्तिको सङ्गम स्थल नेपाल हो । हिमालयको देश भगवान शिव र शक्तिको क्रिडास्थल भएको हजारौ हजार वर्षदेखि शैव योग तन्त्र साधनाको उर्वरा भूमि हो । शक्ति सङ्गम तन्त्रसहित ६४ तन्त्रको उद्गम स्थल हिमालय क्षेत्र हो । नेपालमा हजारौ शक्तिपीठहरू भगवान शिवका शिवालयहरू अवधुत भगवान शिवका भावभङ्गी, नृत्यकला सप्तस्वरको उद्गमस्थल, भगवान शङ्करले प्रादुर्भाव गरेको ताण्डवनृत्य विश्वभरि फैलिएको सङ्गीत, अङ्कशास्त्र, तन्त्रशास्त्रको उद्गमस्थल हिमवत भूमि नेपाल हो । पहाडका अग्ला चुचुराहरू श्रीयन्त्रकारमा रहेका छन् । यहाँ बग्ने सयौं हिमनदीहरू भगवान शङ्करको जटाबाट निस्किएर समुद्रसम्मको यात्रा गर्ने पवित्र नदीहरु जीवन दायिनी ऊर्जा प्रदान गर्ने स्रोत हुन् ।
श्रीशिवशक्तिको सङ्गम स्थल नेपाल हो । हिमालयको देश भगवान शिव र शक्तिको क्रिडास्थल भएको हजारौ हजार वर्षदेखि शैव योग तन्त्र साधनाको उर्वरा भूमि हो । शक्ति सङ्गम तन्त्रसहित ६४ तन्त्रको उद्गम स्थल हिमालय क्षेत्र हो ।
जल, जमिन, जङ्गलका जडिबुटी, हावापानी, ६वटा ऋतु, ऋतुअनुसार फल्नेफूल्ने वृक्षवनस्पति लतागुल्म हजारौ हजार प्रकारका खाद्याबाली । हजारौ प्रकारका वनस्पतिहरुले हामी नेपालीलाई धर्तीमा रहनका लागि सहयोग गरिरहेका छन् । यदि हिमाल हुँदैन थियो भने विश्वभरि मानवको अस्तित्व रहँदैन थियो । जल जङ्गल जडिबुटी स्वच्छ हावा पनि हुदैन थियो । मानवले धर्तीमा स्वास प्रस्वास गर्न सक्दैन थिए । मानव जीवन सम्भव नै थिएन । मानवले वासस्थानपछि रहनसहन, मनोरञ्जन, तीर्थ पर्यटन, विभिन्न प्रकृतिक सुन्दर स्थानको अवलोकन जीवनका महत्वपूर्ण अङ्गहरु बन्दै गए । ज्ञानविज्ञान खोज अनुसन्धानबाट खारिएका साधकहरूले देव दर्शन तीर्थ पर्यटनलाई मानव जीवनको अभिन्न अङ्ग बनाउँदै गएका छन् । जीवनका सप्तरङ्गी आयाममा अध्यात्म पनि एउटा महत्वपूर्ण पाटो हो । अध्यात्मले जीवन बाँच्ने कला सिकाउँदछ । विश्वमा पहिलो खेती भएको भूमि हो, नेपाल । वैदिक कृषिको र ज्ञान विज्ञानको परम्परा आरम्भ भएको हिमश्रृङ्लाले वेष्टीत तपोभूमि हो ।
आध्यात्मिक तीर्थ पर्यटन
हाम्रो यात्रा पूर्वमेची नदीको किनारबाट सुरु हुन्छ । नेपालभित्र रहेका समतल फाँटमा अवस्थित तीर्थस्थलको अवलोकन गर्दै सप्तकोशीबाट हामी पश्चिमतिर लाग्दछौं । सप्तकौशिकी, वागमती, नारायणी, सप्तगण्डकी र कर्णाली सभ्यताको सङ्गमस्थलको रूपमा विकास भएको हाम्रो संस्कार आध्यात्मिक क्षेत्रहरु हाम्रा परिचय हुन् । आध्यात्मिक तीर्थ पर्यटन विकासका लागि कार्य गर्नु आजको आवश्यकता हो । पूर्वमाकन्काई नदीबाट रतुवाको किनारबाट अरुणनदीको तल्लो भेग हुँदै तमोर, तीनवटा युगलाई प्रतिनिधित्व गर्ने त्रियुगा नदीको जलाधार क्षेत्र सप्तकौशिकी नदीको तीरमा रहेका शिवशक्ति पीठहरुको दर्शन गरेर अगाडि बढ्दछ । अरुण नदीबाट पश्चिमी भेग कमलानदी सुनकोशी, भेरानदी हुँदै सोमेश्वर श्रृङखला नारायणी गण्डकी हुँदै तिनाउ नदीबाट पश्चिम तर्फ लाग्दा बाँणगङ्गाको किनार भेटिन्छ ।
राप्तिनदीको वारिपारी विकास भएको शिवशक्ति पीठहरूबाट पश्चिमी भेगमा बबईनदी, माननदी चुरे श्रृङखलाको माथिल्लोभेग कर्णली नदीको तल्लो भेगबाट पश्चिम लागेपछि घुँइयाखोला, पूर्वको घोडाघोडी ताल, गोदावरी छेउछाउका मोहना खोलाको पश्चिम रतनपुरपीठ, दोधराचाँदनी शारदानदीको किनारैकिनार महाकाली नदीको मध्यभेगबाट महेन्द्रनगर हुँदै उत्तरी भेगका कुमुले झुलागाउँ हुँदै महाकालीको किनारै किनार बैतडीचोला नदीबाट पश्चिम व्यासऋषि हिमाल व्यासपीठबाट कालापानी हुँदै गुराँस हिमालबाट सेतीनदीको मुहान चिमाल झञ्ज्याङ्गबाट माथि नालाङ्गर हिमाल हुँदै चण्डीहिमाल, गोरखा हिमाल, कान्तिहिमाल, गौतम हिमाल, मुस्ताङ्ग हिमालबाट तल्लो भेग दामोदर कुण्डको दर्शन गर्न सकिन्छ ।
भृकुटीपीठ हुँदै तल्लो भेग अन्नपूर्ण हिमालबाट चामेहुँदै पेरी हिमाल, मनासलु हिमाल, कागताल श्रृङ्गि हिमाल, बुढीगण्डकीको शिरोभाग, गणेश हिमाल हुँदै तातोपानीबाट गोसाईकुण्ड लेक सरस्वतीपीठ, सूर्यपीठ (कुण्ड) गोसाइकुण्ड ईन्द्रावतीको शिरोभाग जलाधार क्षेत्र हुँदै भोटेकोशीको उद्गमस्थल त्रिशुली नदीको माथिल्लो भेग, लाङ्गटाङ्ग हिमाल, पाँच पोखरीको दर्शन गर्दै यात्रा कोदारीबाट भोटेकोशीको शिरोभाग, ईन्द्रावती नदीको वरिपरि विकास भएका शक्तिपीठको दर्शन गरिन्छ ।
ईन्दावतिको जलाधार क्षेत्र दोलालघाटबाट सुनकोशीनदी र तामाकोशी नदी एवं लिखु नदीको माथिल्लो भेग जटापोखरी, तल्लोभेगमा भैरवकुण्ड दर्शन गर्दै दूधकोशी नदीको किनारतिर पुगिन्छ ।
सिमिकोटबाट पूर्वतर्फ हुम्लानदी मुगुर कर्णालीनदीको किनारै किनार रारातालबाट गमगढीसम्म खरी बाङ्गीबाट माथिल्लो भेगबाट काञ्जिरोवा हिमालको दाहिने परिक्रमा गरी महाकाली शक्तिपीठ व्यासऋषि हिमाली भेग, हुम्लानदी मुगुकर्णाली शक्तिपीठ सेफोक्सुण्डो किनारमा रहेको सरस्वती शक्तिपीठ मुस्ताङ्ग खोला त्रिपुराशक्तिपीठ तिलिचो ताल गण्डकीनदी जलाधार क्षेत्रको नदी किनारमा रहेका शक्तिपीठहरु बुढीगण्डकी त्रिशुली गोसाइकुण्डबाट इन्द्रवती तामाकोशी वागमती जलाधार क्षेत्र दूधकोशी नदी जलाधार क्षेत्र कोशी नदी जलाधार क्षेत्र कावेली तामोर अरुण सुनकोशी कन्काई जलाधार क्षेत्रहुँदै मेती नदीबाट पश्चिम सप्तकोशीकी शक्तिपीठ कमला नदी जलाधार कमला शक्तिपीठ वागमति जलाधार क्षेत्र वागदेवी शक्तिपीठ गण्डक नारायणी काली गण्डकी सत्यवती तालबाट पश्चिम तिनाउ राप्ती नदी जलाधार क्षेत्र राप्ती शक्तिपीठ बबईनदी जलाधार क्षेत्र बज्रशक्तिपीठ कर्णाली नदी जलाधार क्षेत्र कर्णाली शक्तिपीठ शारदानदी जलाधार क्षेत्र शारदा शक्तिपीठहरु नेपालका प्राण दायिनी जलाधार क्षेत्र र शिवशक्तिपीठहरु हुन् । प्रमुख हिमनदीहरु बरुण, भोटेकोशी, हिन्दुकुश, इन्खू कञ्चनजङ्ग खुम्बू कुम्भकर्ण लम्जुङ्ग यी प्रमुख हिम शक्तिपीठहरु हुन् । प्रमुख नदीहरु बबई वागमती पूर्वी राप्ती कमला कञ्काई कर्णाली महाकाली मेची सप्तगण्डकी सप्तकौशिकी पश्चिम राप्ती नदीहरु प्रमुख नदीहरु हुन् । यि नदीका किनारमा भएका शक्तिपीठहरुको खोज अनुसन्धान भएको छ ।
नेपाल मन्दिरै मन्दिरको देश भनेर संसारमा प्रसिद्ध छ । यो प्रसिद्धी हाम्रा पूर्खाले अथक प्रयत्नबाट धार्मिक सांस्कृतिक समाजिक मान्यताहरु हजारौ वर्षदेखि अभ्यास गर्दै हामीसम्म आइपुगेको छ । यसलाई कसरी बचाइराख्ने कुन प्रकारले युगानुकुल बनाउने हाम्रा मान्यताहरुलाई कसरी विश्वव्यपी बनाउने यो महत्वपूर्ण विषय हो । शिवशक्तिको सङ्गम क्षेत्र नेपाललाई विश्वव्यापी रुपमा चिनाउने हो भने हाम्रा शक्तिपीठहरु र शिवमन्दिरको चौसठ्ठी स्थानमा रहेका महत्वपूर्ण शैवपीठहरु एवं शिवशक्तिका संयुक्त हजारौ पीठहरुलाई शिवशक्ति सर्किटको रुपमा विकास गरेर नेपालको पूर्वमेचीदेखि पश्चिममहाकालीसम्म रहेका शिवशक्तिपीठहरुलाई जोडेर महत्वपूर्ण पर्यटक स्थल शिवशिक्त साधन केन्द्र स्थापना गर्न सकिन्छ । तन्त्र योग, साधना केन्द्र, प्राकृतिक चिकित्सा, खेलमनोरञ्जन साहित्य सिर्जना सीप कला प्रवद्र्धन गर्दै पर्यटकलाई नेपालमा ल्याउन सकियो भने नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्न सक्दछ । कर्णाली नदीको शिरोभाग कैलाश मानसरोवरदेखि गण्डकी बागमती कौशिकी नदीका छेउछाउमा रहेका शिवशक्ति पीठहरुलाई संसारको गन्तव्य बनाउन सकिन्छ । नेपालमा रहेका निम्नस्थललाई श्रीशिवशक्ति सर्किट बनाउन अविलम्ब पहल गर्नु पर्दछ ।
पर्यटन वर्ष २०२० मनाउँदै गर्दा नेपालले आफ्नो मौलिकता धर्म संस्कृति परम्परा शिवशक्तिका स्वरुपमा रहेका शिवशक्तिपीठहरु सहित अन्य विविध पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्न सक्नु पर्दछ । नत्र पर्यटन वर्ष नारामा सीमित रहने छ । २० लाख पर्यटक नेपाल ल्याउने कुरा एका देशको कथा हुन पुग्दछ । नेपालका आध्यात्मिक रमणीय प्राकृतिक सुन्दरले युक्त स्थालहरु निम्न रहेका छन्:
दार्चुला: सिद्धयोगी लटीनाथ, हुनैनाथ, गलैनाथ र गोकुलेश्वर । सिद्धयोगी मालिकार्जुननाथ (८४) सिद्ध मध्ये एक।
बैतडी: त्रिपुरासुन्दरी, सिद्धयोगी वरनाथ तपस्थली बकुराली (बिर्ता) ।
डडेल्धुरा: महायोगी गंनाथ, अमरगढी, उग्रचण्डी भगवती।
कञ्चनपुर: महाकाली, गौरापार्वता, सिद्धनाथ (८४) मध्ये एक सिद्ध।
जुम्ला: सिद्धचन्दननाथ, भैरवनाथ, कनका सुन्दरी, विन्ध्यवासिनी।
डोल्पा: सिद्धयोगी नरहरिनाथ तपस्थली, त्रिपुरासुन्दरी शक्तिपीठ, त्रिपुराकोट नपा १, त्रिपुराकोटस्थित श्री बालात्रिपुरासुन्दरी, भगवती विसं. १११० निर्माण, तारानाथ गुम्बा, सेफोक्सुण्डोताल, विभिन्न मष्टभवानी मन्दिर । मुकुटेश्वर महादेव । खप्तडस्वामी २ वर्ष तपस्या।
मुगु: सिद्धछायाँनाथ (प्राकृतिक), राराताल।
हुम्ला: सिद्ध खार्पूनाथ (८४) मध्ये एक सिद्ध, ताक्लाकोटको सिद्ध खेचरनाथ(८४) मध्ये एक सिद्ध।
कालीकोट: शिवनाथ (सिद्ध शिवनाथ/आदि/ॐकारनाथ नौनाथ मध्येका एक नाथ)।
बाजुरा: बडिमालिका।
डोटी: काँढामालिका, शैलेश्वरी, दिलिपेश्वर, सुरुमा सरोवर, सुनकोटी अत्रिथुम्का।
कैलाली: नैनाकोटी भगवती शक्तिपीठ।
दैलेख: श्रीनाभिस्थान ज्वालाजी श्रीपादुकास्थान ज्वालाजी शिरस्थान ज्वालाजी, कोटीलिङ्गेश्वर, धर्मनाथ गद्दी (पाँचपाण्डव)।
सुर्खेत: काँक्रेविहार, लटिनाथ मन्दिर।
बाँके: वागेश्वरी शक्तिपीठ।
सल्यान: खैरवाङ्ग, छायाँक्षेत्र, सिद्धरतननाथ गुफा, सिद्धयोगी भगवन्तनाथ मन्दिर र तपस्थली।
रोल्पा: वराह मन्दिर, त्रिपुरासुन्दरी शक्तिपीठ।
रुकुम: श्रीचन्दननाथ।
अछाम: सिद्धयोगी मुण्डकेश्वर (मण्डुपनाथ) वैद्यनाथ, त्रिपुरासुन्दरी, षोडशीत्रिपुरासुन्दरी, विन्ध्यवासिनी।
प्युठान: स्वर्गद्वारी, सिद्ध संसारनाथ, सिद्ध मेहलनाथ र गुरुगोरक्षनाथ मन्दिर (नाथ सम्प्रदायसँग सम्बन्धित) १५औँशताब्दी।
दाङ: नागेश्वर, अम्बिका, श्रीपात्रदेवता, श्रीसिद्धरतननाथ मन्दिर, गोरक्षपीठ १५ सयवर्षभन्दा पुरानो , रतननाथ सवारीकोट, लमही गुरु गोरक्षनाथ मन्दिर, बाघभैरव, देउखुरी स्थीत गुरुगोरक्षनाथमन्दिर।
अर्घाखाँची: सुपाकी देउराली शक्तिपीठ।
कपिलवस्तु: सिद्धयोगी बौद्धनाथ, तौलेश्वर महादेव, लुम्बिनी।
गुल्मी: रेसुङ्गा शिवालय, शालिग्राम, पाणिनी गुफा।
पाल्पा: कालभैरव, भैरवस्थान, अमर नारायण मन्दिर, रणउजीरेश्वरी मन्दिर, श्रीनगरस्थित तत्कालिन राजभवनस्थित पोखरी, केलादीघाटस्थित श्रीरामसीतालक्ष्मणहनुमान मन्दिर विसं. १८३५ निर्मित । सिद्धगुफा।
स्याङ्जा: आलमदेवी शक्तिपीठ, कालीमन्दिरमा प्रख्यात जिल्ला । राम्दीधाम कालीगण्डकी किनारा।
कास्की: विन्ध्यवासीनी शक्तिपीठ, तालवाराही शक्तिपीठ, गुप्तेश्वर, केदारेश्वर, तीनतालहरु फेवा, वेग र रुपा।
मुस्ताङ: दामोदरकुण्ड, कागवेनी, मुक्तिनाथ मन्दिर, ललाटज्वाला शिलाज्वालाजी, नृसिंहगङ्गा, रुप्सेछहरा । सिद्ध योगी सुन्दरनाथ (८४) तपस्थली दामोदर कुण्ड र गलेश्वर।
म्याग्दी: जलेश्वर महादेव मन्दिर । गलेश्वर मन्दिर र आश्रम, विश्वको ठूलो शालिग्राम भएको, पुलस्त्य तपस्थली, निशान भगवती शक्तिपीठ, ढोलथाना, ज्याम्रुको स्थित निशान भगवती मन्दिर, ताकमकोट स्थित श्रीअन्नपूर्ण भगवती मन्दिर। ताकम गढी, टुडिखेल, श्री विन्ध्यवासिनी मन्दिरभित्र रहेको मूर्ति खण्डित, १२ औँशताब्दीतिर निर्मित।
स्याङ्जा: आलमदेवी भगवती, गरौकालिका शक्तिपीठ, जगत्रदेवी, रामनदी (रामदी) महालिंगधाम उत्तरधाम, केलादीधाम, रामधाट ।
बेनी: श्रीराममन्दिर हनुमान घारखोला ।
बागलुङ: बागलुङकालीका शक्तिपीठ, पैयौँस्थित थन्थाप भगवती स्थान।
पर्वत: गुप्तेश्वर गुफा, कुश्मा पार्वती गुफा, पाती चौर, शंकर पोखरी, मोदीवेणीधाम, जलजला ।
जाजरकोट: मष्टमन्दिर र शिवालय बालेगाउँ, थालरैकर शिवालय, धेरैजातजातिका।
तनहुँ: छिम्केश्वरी, देवघाट धाम, डोरवाराही शक्तिपीठ, छाब्दीवाराही शक्तिपीठ, व्यास गुफा चिसापानीचोकस्थीत कालिका भगवती शक्तिपीठ, तनहूँसुर स्थित श्रीविष्णुमन्दिर सेनकालीन १६औ शताब्दीतिर । गढी, कोट, ओदान (त्रितुङ्ग) , टुडिखेल।
लमजुङ्ग: लम्जुङ्गकालिका । ईशानेश्वर महादेव, नागभैरवस्थान, सिसाघाट १८६७ तिर निर्मित कुञ्छापाटी । लमजुङ्गदरबारस्थित गोरखकाली मन्दिर, रागीनासकोटस्थित श्रीकालिका शक्तिपीठ । गुरु गोरखनाथ र द्रब्यशाह बीच साक्षातकार भएको, सिद्धबाबा मन्दिर र गुफा। सुन्दरबजारस्थित पुरानोपाटी।
गोरखा: गोरखकालिका भगवती, गोरखा दरबार, मनकामना भगवती सिद्धशक्तिपीठ, सिद्ध लखन थापा गुफा बक्रेश्वर गुफा १०० भन्दा बढी मन्दिर छन्।
नवलपरासी: त्रिवेणीधाम, बाल्मिकी तपस्थली, मौलोकालिका शक्तिपीठ।
चितवन: कालिका मन्दिर, वागेश्वरी शक्तिपीठ, सोमेश्वर गढी, उपर्दाङ गढी, माढी माण्डव्य ऋषिको तपस्थली, गोद्धकस्थित परशुराम र शेषनाग अङ्कित मूर्ति । पाँच पाण्डव गुप्तबास गुफा र मूर्तिहरु द्रौपदी र पाण्डव नगरबाट प्रख्यात । सायङ्कान ऋषिको तपस्थली सालको वृक्ष विश्वको सबैभन्दा ठूलो रुख।
मकवानपुर: चिसापानी गढीस्थित महाँकाल भैरव, बटुक भैरव र गोरखकालीका, मकवापुरगढीस्थित वंशीगोपाल मन्दिर,सानो गढी ठूलो गढी टुँडिखेल, खुँडाघाट तीर्थ, वागमतीको किनार । हर्नामाढीस्थित श्रीगुरु गोरक्षनाथ मन्दिर । भुटनदेवी मन्दिर, भैरव मन्दिर, त्रिखण्डेश्वर मन्दिर सिद्धहरिबाबा तपस्थली।
धादिङ्ग: भैरवी मन्दिर, धादिङ्गवेसी । त्रिपुरासुन्दरी मन्दिर । श्रीअशितेश्वर शिवलिङ्ग चौषष्ठि शिवशक्तिपीठ, महाकाली मन्दिर (सेतीदेवी, रानीबारी) थुमथुममा ६वटा कालिक मन्दिर, कुटेश्वर शिवलिङ्ग (६४) नित्यपूजा भइरहेको । रणभुवनेश्वरी मन्दिर । शिवालय मन्दिर। भीमसेन मन्दिर । श्रीविन्ध्यवासिनी मन्दिर, वराह वाराही मन्दिर, केवलपुर।
केवलपुरस्थित अमरसिंह गढी। नौविसेस्थित मछिन्द्रनाथ वन (तपस्थली) सिद्धयोगी बालकनाथ तपस्थली धुनीवेसी नाथा परम्पाका गुरुहरुले धुनी तापेर भएको धुनिवेसी।
रसुवा: रसुवागढी, ग्राङस्थित भैरव गुफा, कालिका मन्दिर, लहरेपाटी, श्री गोसाइकुण्ड, श्री त्रिशुल स्थान, गोसाइकुण्ड महादेव मन्दिर, सूर्यकुण्ड सरस्वती कुण्ड, ब्रह्मकुण्ड, कालकुण्ड, श्री अमरसिंह थापा गुफा जहाँ उनको शालिक छ । दशवटा जति महत्वपूर्ण गुफाहरु छन् । सिद्ध झाँक्री गुफा प्रत्येक जनैपूर्णिमाको अघिल्लोदिन झाँक्रीहरु त्यही गएर सिद्ध गरेर आउँछन् ।
नुवाकोट: नुवाकोटदरबार जालपादेवी शक्तिपीठ, नुवाकोट भैरवी शक्तिपीठ, भैरव मन्दिर, दुप्चेश्वर, वेत्रावती, राममन्दिर, दूधेलामा थान, नुवाकोट गढी । ककनी महादेव । नौकोट । गुरु गोरक्षनाथ मन्दिर ।
ललितपुर: ६४ तिलेश्वर, चम्पकेश्वर, रामेश्वर, कालेश्वर६४ भित्रका । त्रिकुटा भैरवनाथ (टीका भैरवतीर्थ) बज्रवाराही शक्तिपीठ, गोवावरी तीर्थ, हरसिद्धि । कुम्भेश्वर शिवालय (महामृत्युञ्जय मन्दिर, बगलामुखी, कृष्णमन्दिर, बटुक भैरव लगनखेल, महालक्ष्मी मन्दिर महालक्ष्मीस्थान । त्रिपुरा सुन्दरी मन्दिर । पञ्चेश्वर । विसङ्कुनारायण । ज्यामिरगढी लुभु माथि ।
भक्तपुर: चागुनारयण, दत्तात्रय मन्दिर, महाकाली मन्दिर, बाल्मिकेश्वर महादेव, श्री बाल्मीकी तपस्थली । विमलेश्वर शिवलिङ्ग (डोलेश्वर) अनन्तेश्वर (६४) सुवणेश्वर मन्दिर, सूर्य विनायक, कार्य विनायक, कमल विनायक, सिद्धि विनायक, ५५ झ्याले दरबार भूपतेन्द्र मल्ले बनाएको ।
काठमाडौं: श्रीपशुपतिनाथ मन्दिर (उध्र्वमुख, ईशान, तत्पुरुष, अघोर, सद्योजात, वामदेव, श्रीवागमती तीर्थ, मङ्गलागौरी शक्तिपीठ, गौरीतीर्थ, उमाकुण्ड तीर्थ, भुवनेश्वरी शक्तिपीठ, जय वागेश्वरी शक्तिपीठ, वत्सलादेव, जयवागेश्वरी, चावहिल गणेश (चन्द्रविनायक) मन्दिर, चारुमति स्तुपा, बौद्धनाथ (बौद्ध) धुम्रवराह धुम्बराही, पिङ्गलास्थान, श्री कीर्तिमुख भैरव, एकादश रुद्र, श्री गणेशकुमार द्वारपाल, गजुर दर्शन, षोडष मातृका, शरभ, राम, शिव, कृष्णकुल, पाण्डवकुल, अष्टमातृका, अष्टभैरव एवंम दिग्पाल, विल्लोवृक्ष दर्शन, श्रीतुलसी दर्शन, श्री नित्येश्वर, श्रीअन्नपूर्ण, श्रीजोरेश्वर भृङ्गीश्वर, श्रीत्रिशुल, श्रीचण्डेशवर, श्रीअर्धनारेश्वर, श्रीवासुकी नारायण, श्रीसिद्धेश्वर, श्रीगुप्तेश्वर, श्रीनारायण श्रीलाल गणेश, श्रीनिद्रेश्वर, श्रीकृष्ण, श्रीसूर्यनारायण, श्रीगरुढनारायण, श्रीसरस्वती, शिवगङ्गा (वागमती) श्री तर्केश्वर (ब्रह्मनाल नजिक) श्रीयन्त्र, श्रीकलिश्वर, श्रीमुक्तिमण्डल, श्रीसन्तानेशवर (सन्तापहरेशवर) श्रीशीतलामाई ६४ एवं कोटीलिङ्गेश्वर, श्रीउन्मत भैरव, श्रीसप्तमातृका, श्रीअनन्तेश्वर, श्रीनवग्रह, श्रीहनुमान, श्रीलाल गणेश, श्रीसत्यनारायण, श्रीनन्दीश्वर, श्रीछत्रचण्डेश्वर, धर्मशीला, महामृत्युञ्जय शिव, विश्वरुप मन्दिर, धु्रर्वस्थली, श्री धु्रर्वको तपस्थली, नेपालको ६४ शिवलिङ्गको दर्शन गरी सिद्ध भएका सिद्धयोगी विरुपाक्षनाथ (८४) मध्ये एक सिद्ध । श्री गुरु गोरक्षनाथ मन्दिर, सिध्याचल, मृगस्थली अध्यात्म भवन पाकशाला, गौशाला देवशाला योगशाला स्वध्यायशाला, विद्यालय, अखण्डधुनी लगायतका संरचनाहरु श्रीनाथ गोरक्ष परम्परा ।श्री पशुपतिनाथ भगवानको चारकिल्लाभित्र करिब ११ सयवटा मठमन्दिर र ८६ कुण्ड छन् । श्रीगुरुगोरक्षनाथ मन्दिर, मंगलागौरी बनकाली शक्तिपीठ । कोटेश्वर महादेव (६४) । श्रीगुह्यश्वरी शक्तिपीठ, शेषनारायण, बौद्धनाथ, स्तुपा, स्वयम्भूनाथ, हनुमानढोका, राजदरवार, तुलजाभवानी शक्तिपीठ, काष्ठमण्डप, सिद्धयोगी कानीपानाथ तपस्थली । सिद्ध योगी नागार्जुन नाथ तपस्थली नागार्जुन डाँडो । महायोगी लोपीयानाथ (लुइपादनाथ) पौराणिक कालमा बसन्तपुर गोरक्षनाथपीठ, इन्द्रचोक स्थित गोरक्षनाथपीठ, इचङ्कुनारायण, बुढानीलकण्ठनारायण, ठमेल त्रिदेवी मन्दिर १.कालिका मन्दिर, (हाल दक्षिणकालीका) २ज्वालाजी ज्वाला मन्दिर ३ कामाख्या मन्दिर, शिवालय, गणेश, हनुमान लगायत १० मन्दिर । बाघभैरव मन्दिर कीर्तिपुर । दक्षिणकाली मन्दिर । फर्पिङ्गस्थित कामधेनु गुफा, गोरक्षनाथ गुफा । सुन्दरीजल सुन्दरीमाई मन्दिर, गोकर्णेश्वर महादेव, उत्तरवाहिनी कान्तिभैरव मन्दिर । चण्डेश्वरी भगवती (टोखा) नरदेवी, मैतिदेवी, भाटभटेनी, बुढानीलकण्ठ मन्दिर, मातातीर्थ, चन्दन भराटेश्वर, मत्यनारायण, चोभार जलविनायक, बज्रयोगीनी, स्वयम्भू, त्रिपुरेश्वर महादेव, वाणेश्वर महादेव, भद्रकाली, कालभैरव, संकटा देवस्थल।
सिन्धुपाल्चोक: पाँचपोखरी, शिवालय (६४) त्रिपुरासुन्दरी मन्दिर, इन्द्रायणी शक्तिपीठ।
काभ्रेपलाञ्चोक: तिमालस्थीत नारायणमन्दिर, भोटेपाटी, कानपुरस्थित गोरखकालीका मन्दिर, मङ्गलटारस्थित मङ्गलेश्वर महादेव । पिप्लेस्थित रोशीगाउपालिका ११ स्थित श्री आद्यमहाशक्ति, गोरक्षकालिका बाला त्रिपुरा सुन्दरी, गायत्रीश्रीपात्र देवताश्री भैरव पात्र देवता, सिद्ध अखण्डधुनीे । धुलिखेल गोकुलेश्वर, नमोबुद्ध, ईन्द्रेश्वर महादेव (६४) १०८ प्रकारका सर्वदेवी देवताका मूतिहरु ,फुल्चोकी देवी, चण्डेश्वर महादेव, तीन शिवलिङ्ग धनेश्वर (६४)महिशमर्दिनी भगवती पलाञ्चोक भगवती राजा मानदेवद्वारा निर्मित ।
पनौति नगरपालिका वाडा नं.५ स्थित श्री गोरक्ष नाथ मन्दिर, प्राचीन कैलाशगिरी पर्वत । जहाँ शिवमछिन्द्रा गोरक्षबाला पार्वतीको तपस्थली । श्रीनाथ रहस्य ।शिव महापुराणमा कैलाशगिरी पर्वतको बारेमा पुण्यवती शीलवती नीलवती गङ्गाको मकर मेला । त्यहाँको जल गोरक्षनाथमा चढाउँछन। माम्तीका पाँचपाण्डव भीमसेन ।
बारा: गढीमाई, चुरिया माई, सिद्धेश्वर महादेव , सहजमहादेव (सिद्धयोगी सहजाइनाथ तपस्थली ८४ सिद्धमध्ये एक सिद्ध । बारा गढी । शक्तेश्वर महादेव मन्दिर ।
पर्सा: विन्ध्यवासिनी मन्दिर, केहुनिया, सिद्ध पारासनाथ मठ महुँवन सिद्ध योगी पारसनाथ ८४मध्ये एक हुन ।
वीरगञ्ज गीता मन्दिर, अलौपर्व, शिवमन्दिर, सुगौलीको चर्चा भएको ।ऐतिहासिक घटनाव्रmममा चर्चा,।
रौतहट: सिद्धयोगी शुकेश्वरनाथ, सिद्ध योगी यागेश्वरनाथले वागमती किनारामा तपस्या गरेको । ८४ सिद्धमा पर्दछन् ।
दोलखा: श्रीभीमेश्वर शिवलिङ्ग (६४) । त्रिपुरासुन्दरी भगवती, गौरी कुण्ड शंकर कुण्ड गौरीशंकर हिमाल, भीमसेन मन्दिर, महाकाल मन्दिर, शैलुङ्गेश्वर मन्दिर, कालिञ्चोक शक्तिपीठ, भगवती ।
रामेछाप: खाँडादेवी, देवीस्थान (खड्गदेवी) गोल्मा देवी, नर्मदेश्वर महादेव बेनी, थानपति महादेव, विसं. १८२३ मा निर्मित तिल्केस्थान स्थित खावागढी । सुनापतिदेवी । झम्केश्वरी देवी जहाँ श्री रावणले तपस्या गरेको तीर्थ माझीगाउँमुनि ।
सिन्धुली: आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर ६४मा प्रथम लिङ्ग सिद्धयोगी सिद्धनाथ तपस्थली कोटगाउँ सिद्धथान । सिन्धुलीगढी, च्याउँकोट, खाङ्गसाङ्ग सोल्पा सिद्धथान । सिद्धयोगी संसारनाथ तपस्थली झाँगाझोली । श्री सत्यनाथ (ब्रह्माजी) नौ नाथ मध्ये एक नाथ । भलुवाइस्थित काली गुफा, काली नदीको लङ्गुरेश्वर शिवालय । हरिहरपुर गढी, जालपादेवी, पिपलमाढीस्थित शिवालय, लोहासुर पोखरी, कपिलमुनी तपस्थली , महेश्वर तपस्थली, महेश्वता, पाँच कन्या पोखरी, घाटावेतिनी, चण्डीदेवी डाडी, गुर्जन ठाकुर, मरिण ठाकुर । सोलाभाञ्जान । भद्रकाली, कमलामाई, त्रेतायुगमा सीताजीको साथी मिथिला महात्यमा पाइन्छ । काली मन्दिर, सिद्धबाबा मन्दिर । तीन स्थानमा सिन्धुलीगढी, सानो गढी, ठूलो गढी, । पौवागढी (आडकिल्ला) भूमेठाकुर, क्यान ठाकुर, अरुण ठाकुर, बरुण ठाकुर तीन कन्या देवी, तीन पाटन देवी, बेङ्कटेश्वर बाहुनतिलपुङ्ग, सिद्धमहाकाली स्थान, सोल्पाथाना, मादले ढुङ्ग, शूलीभञ्याङ्ग शिवालय, गोल्मादेवी स्थान गोलटार, भीमसेनस्थान राजडी खुर्काेट, बारुथस्थान, कोटडाँडा कोटकीदेवी, ठूलागाउँ जलकन्यादेवी । जसराम धारो विसं १८१९। मझुवा । सुनकोशी गाउपालिका तीर्थस्थल नेमुनि गुफा,। श्री आद्यमहाशक्ति दुर्गाभगवती र शुम्भनिशुम्भ देवी दानववीच युद्ध भएको ठाउँ श्रीदुर्गातीर्थ । श्री अष्टचीरञ्जीवीमध्येका सिद्धयोगी मार्कण्डेयनाथ तीर्थ । महर्षि विश्वमित्र तपस्थली श्री ब्रह्माजी प्रथम तपस्थली श्री सिद्धयोगी सनातननाथ सनन्दननाथ सनत्कुमार नाथ, देवर्षि नारदमुनिनाथ श्री लङ्कानाथ (रावण) । श्री व्यास जन्मस्थली भएपछि यसबारेमा ब्रह्माण्डपुराण, गरुडपुराण बामन पुराण । नेपाल महात्म्य र हिमवत खण्ड । ऋग्वेद सायणभाष्य, महाभारत, सप्तसती चण्डी, श्रीमद्भागवत महापुराण, लगायत ऐतिहासिक पत्राभिलेखमा समेत वर्णन गरिएको स्थान श्रृष्टिकर्ता श्री ब्रह्मदेवबाट पहिलो पल्ट कुम्भ सुरु गरेको कुम्भमेलाको शीर हो । मुकुटेश्वरी भगवती मुलकोट । श्रीबालमिकेश्वर महादेव, पल्धुरी, गौरी शंकर गुफा, मझुवा, खहरेस्थित श्रीराम मन्दिर, गणेशस्थान, ओद्रेकोट गढी, प्रल्हादेश्वर महादेव र शिवालय । सेतुपाटी शीतलपाटी मालेपाटी चन्द्रशेखर पाटी लगायत सबै धार्मिक संरचनाहरु।
सर्लाही: सिद्धयोगी पीपलनाथ(८४) मध्ये एक सिद्ध, पिपरीयमठ । मुर्तियास्थित तुलजाभवानी सिम्रौनगढबाट हरसिंहदेवले स्थापना गरेको । सागरनाथ मन्दिर । हनुमान मन्दिर । परमहंस स्वामी गोपालदास तपस्थली (गोपालकुटी) । सिद्धेश्वर महादेव स्थान । सन्तानेश्वर महादेव । कालिका मन्दिर धरहरा । हनुमान मन्दिर र राम मन्दिर
महोत्तरी: टुटेश्वर महादेव । सुनमाई । जलेश्वर महादेव । मटियानी मठ ।
धनुषा: श्रीरामजानकी मन्दिर (नौलाखा मन्दिर) रामजानकी विवाहमण्डल, धनुषाधाम । राजदेवी मन्दिर, संकटमोचन हनुमान मन्दिर, । ८६ सरोवर । सिद्धयोगी याज्ञवल्क्यनाथ (८४) उपनिषद्को रचनाकार । १५ कोष परिव्रmमा (डोला महोत्सव) गंगा आरती । झिझिया महोत्सव (भदौ महिनामा) ।
सोलुखुम्बू: लौरेश्वर महादेव, स्याङ्बोचे गुफा, दूध कुण्ड, जलेश्वर महादेव, दूधेश्वर महादेव जोरढुंगा । पञ्चकुमारी मन्दिर । ज्वालादेवी शक्तिपीठ देवीथान, हुलुदेवी । जालपादेवी गुफा । शिवमन्दिर ।
ओखलढुङ्ग: कोटकालीका (हिलेछापकी) । कौशीकीको बारेमा लेख्ने । कालिकागढी, भक्तपुरे राजा भूपतेन्द्र मल्लको पालामा बनेको । तात्कालिन मल्ल सेनापति अकवर थापालाई विसं. १७३१ मा मल्ल राजाले खटाएका थिए ।
खोटाङ्ग: हलेशी महादेव, बराह पोखरी, हलेसी गुफा, श्रीपार्वतीस्थान, श्रीगणेशद्वारा शयन गरेको कोव्रmो, पाप, जन्म, धर्म र कर्मद्वार । श्रीगणेश र कुमार, श्रीब्रह्मा, दिग्दिगपाल, श्रीनाग देवता, श्रीबसाह र गुफा, भैरव गुफा, दुङ्गदेलो गुफा, श्रीकालिका देवी, श्रीमारातीका गुफा, श्रीडाकिनीदेवी गुफा, ककनीदेवी, पञ्चवती देवी, किराँतेश्वर महादेव, सत्यश्वर महादेव, ऐसेलुखर्क गुफा, धर्मधारेश्वर महादेव, गुप्तेश्वर महादेव, जगदम्बामाई, त्रिकुलनाथ, मञ्जुश्री, अवलोकीतेश्वर, बज्रपाणी, आचार्य पद्मशम्भव, अभयनन्दागिरी (रणवीरसिंह थापा), स्वामी प्रभु रणबहादुर शाहआदि वौद्धिष्ठ धर्मावलम्बीको परम्पार सम्प्रदायको तपस्थली । चुरेवन िस्थत देवीस्थान, ऐतिहासिक स्थल कोट डाँडा ।
सिरहा: सिद्धयोगी सारस्वताईनाथ (सारस्वरनाथ महादेव भनेर प्रचलित) । शिवलिङ्ग ४०० वर्ष अघि सिद्ध गरिएको ८४ मध्ये एक सिद्ध ।
उदयपुर: उदयपुरगढी चण्डीदेवीस्थान, वैद्यनाथ तपस्थली र वैद्यनाथ गङ्गा ।थानेश्वरी मन्दिर, धमियानथान मन्दिर । शिवमन्दिर सुन्दरपुर । चौदण्डीगढी सेनराज परम्परा । सिंहवाहनी मन्दिर, राधाकृष्ण मन्दिर गाइघाट,
सप्तरी: श्रीकङ्काली शक्तिपीठ भारदह कोशी ब्यारेकछेउ। शम्भुनाथ मन्दिर । राजदेवी मन्दिर । सहलेस दरवार ।
सुन्सरी: पीण्डेश्वर महादेव, दन्तकाली शक्तिपीठ, विजयपुर बूढा सुब्बा, बराह क्षेत्र भित्रका कोका बराह, इन्द्र बराह, सूर्य बराह, महाबराह लगायत सबै चतरापीठ रामधुनी विष्णुपादुका । कुम्भमेला स्थल दर्शन । राधकृष्णमन्दिर । हनुमान मन्दिर । शिवमन्दिर ।
मोरङ्ग: विराट कालिका । उर्लाबारी नपा स्थीत वडानं ३ श्री नवनाथ चौरासी सिद्ध गुरु गोरक्षनाथ अखण्डधुनी । श्री दुर्गा मन्दिर (मङ्गलबारे) । श्रीरामजानकी मन्दिर । सोमलिङ्ग शिवालय । श्रीविन्ध्यवासिनी मन्दिर । हनुमान मन्दिर । श्रीवराह वाराही मन्दिर । लक्ष्मीनारायण मन्दिर ।
भोजपुर: हतुवागढी । सिद्धकालिका शक्तिपीठ । दिङ्गलाको शिवमन्दिर, रुद्रक्ष आरण्य, श्रीराम मन्दिर ।
धनकुटा: छिन्ताङ्ग भगवती । निशान भगवती, निशानस्थान । श्रीनागीस्थित गुरु गोरक्षनाथ गुफा । तीलेश्वर महादेव (तेलिया)
संखुवासभा: सीतलपाटी, चैनपुरस्थीत मेजरपाटी, सिद्धकालिका भगवती मन्दिर शक्तिपीठ । सभापोखरी मनकामना
तेह्रथुम: सिंहवाहिनी भगवती म्याङ्गलुङ्ग ।
ताप्लेजुङ्ग: पाथीभरा भगवती । वास्तविक नाम अन्नपूर्णादेवी अष्टभूजाकी पार्वती हुन्। पाथीभराभन्ने नाम पाथीजस्तो भूबनौट भएको पर्वतमा देवस्थान भएको ले पाथीभरा भन्ने देवी , शिवमन्दिर ।
पाँचथर: श्रीपशुपति मन्दिर । हिलीहाङ्गका सुब्बा । श्रीसिद्धदेवी मन्दिर (कुम्मायक) सिंहदेवी मन्दिर । किम्बु पोखरी (च्याथापु)
इलाम: सिंहवाहिनी भगवती मन्दिर, पाथीभरा मन्दिर, अन्नपूर्ण मन्दिर । सिंहवाहिनी दुर्गा भगवती मन्दिर पुवामझुवा । पञ्चकन्या पोखरी मन्दिर । सात माई । सप्तमाई को नामबाट त्यहाँका नदीहरु बग्दछन् । स्वामी प्रपन्नाचार्य जन्मस्थल । माईपोखरी ।
झापा: पशुपतिनाथ मन्दिर दमक । कन्काई धाम, कोटीहोम स्थली । सिद्धयोगी कन्काईनाथ (८४ सिद्धमध्ये एक) तपस्थली । शताक्षी शक्तिपीठ शताक्षीधाम । अर्जुनधारा तीर्थ । किच्चक वध पोखरी र अरु गढीहरुपनि छन ।

डा. वासुदेवकृष्ण शास्त्री।
(पर्यटन वर्ष २०७६–७७ (२०२०) लाई मध्यनजर गरी नेपालका प्रमुख जलाधार क्षेत्र तीर्थ पर्यटन प्रवर्द्धनका लागि देशभरि रहेका प्रमुख देवालयहरुको नाम यहाँ उल्लेख गरिएको छ।)