कुष्ठरोगका नयाँ बिरामीहरु बढ्दै, सुगम जिल्लामा बढी

कुष्ठरोगका नयाँ बिरामीहरु बढ्दै, सुगम जिल्लामा बढी
+
-

धनगढी– सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगीहरुको संख्या हरेक बर्ष बढ्दै गइरहेको छ। गत आर्थिक बर्षमा मात्रै कुष्ठरोगका २ सय ९८ जना नयाँ बिरामी फेला परेका छन्।

आर्थिक बर्ष २०७३/०७४ मा २ सय १ र आर्थिक बर्ष २०७२/०७३ मा २ सय ८ नया बिरामी फेला परेका थिए। बिरामीहरु आफै स्वास्थ्य संस्थामा पुगेर जचाँउने बानी नभएका कारण सुदूरपश्चिममा स्वास्थ्यकर्मीहरुले बिभिन्न शिविरहरु मार्फत कुष्ठरोगीको संख्या पत्ता लगाउने गरेका छन्। प्रदेशको राजधानी रहेको कैलाली जिल्लामा सबैभन्दा बढी कुष्ठरोगका बिरामी भएको पत्ता लागेको छ।

सुदरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा मात्रै गत आर्थिक बर्षमा १ सय ७४ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन्। आर्थिक बर्ष २०७३/०७४ मा १ सय १५ जना नयाँ बिरामी फेला परेका थिए भने आर्थिक बर्ष २०७२/०७३ मा ९८ जना नयाँ बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयको तथ्यांक छ।

कैलाली पछि कञ्चनपुर जिल्लामा ठूलो संख्यामा कुष्ठरोगका बिरामी फेला परेका छन्। गत आर्थिक बर्षमा ७५ जना नयाँ बिरामी फेला परेकोमा आर्थिक बर्ष २०७३/०७४ मा ४९ जना र त्यसभन्दा अघिल्लो आर्थिक बर्षमा ४५ जना नयाँ बिरामीहरु पत्ता लागेका थिए।

तराईका जिल्लामा कुष्ठरोगका नयाँ बिरामीहरु फेला पर्ने दर बढी छ। सुदूरपश्चिमका तराईका जिल्लामा कुष्ठरोग निवारणका लागि सेती अञ्चल अस्पतालमा उपचार केन्द्र स्थापना गरिएको छ। पहाडी जिल्लाहरुका लागि डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा उपचार सेवा उपलब्ध छ।

तथ्यांक अनुसार पहाडी जिल्लाहरु मध्ये अछाममा कुष्ठरोगका बिरामीको संख्या सबैभन्दा बढी छ। अछाममा गत आर्थिक बर्षमा २८ जना नयाँ बिरामी फेला परेका थिए। यस्तै आर्थिक बर्ष २०७३/०७४ मा १८ र त्यसभन्दा अघिल्लो आर्थिक बर्षमा २९ जना नयाँ बिरामी फेला परेका थिए।

बिरामी आफै स्वास्थ्य संस्थामा पुगेर स्वस्थ्य जाँच नगर्ने भएकोले स्वास्थ्यकर्मीले नै पत्ता लगाएकाहरुको संख्याले मात्रै कुष्ठरोग निवारणका लागि प्रयाप्त नहुने स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थी बताउँछन्।

शरीरमा कुनै किसिमको दाग देखियो भने आफै जचाँउन नआएका कारण बिरामीको वास्तविक तथ्यांइक आउन नसकेको हुदाँ बिरामीको संख्या अझै बढी हुनसक्ने अवस्थीले बताए।

आइतबार ६६ औं बिश्व कुष्ठरोग दिवस मनाइदैछ। कुष्ठरोग दिवसको अवसरमा स्वास्थयकर्मीहरुले रोग लागिसकेपछि यो रोगले निकै दुख दिने भएकोले यसलाई गम्भीर रुपमा लिएर निवारणका लागि हातेमालो गर्न आग्रह गरेका छन्। शरीरमा कुनै प्रकारको लाटो दाग देखिनासाथ स्वास्थ्य संस्थामा गएर जचाउनु आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले सुझाव छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?