
काठमाडौँ – विवेकशील साझा पार्टीले शिक्षा तथा स्वास्थ्यमा व्यापारिकरण भएको तथा डा. गोविन्द केसीसँग भएका सहमति पालना नभएको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
विवेकशील साझा पार्टीले आइतबार माइतिघर मण्डलामा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले सरकारका कदमको आलोचनासहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको बोली अर्थहीन भएको आरोप पनि लगाएका छन् ।
प्लेकार्डमा ‘प्रधानमन्त्री ओलीः अर्थहीन भए बोली’, ‘शिक्षा स्वास्थ्यः राज्यको दायित्व’, ‘व्यापारीलाई पोस्यौ, स्वास्थ्य सेवा खोस्यौ’ सहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । विवेकशिल साझा पार्टी विभाजनपछि सक्रिय भएको छ ।