माघ १५ देखि मनकामना केबुलकार पोखरा कप, विजेतालाई ७ लाख ५५ हजार

माघ १५ देखि मनकामना केबुलकार पोखरा कप, विजेतालाई ७ लाख ५५ हजार
+
-

पोखरा- छैठों संस्करणको मनकामना केबुलकार पोखरा कप २०७५ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आउँदो माघ १५ गतेदेखि पोखरा रंगशालामा आयोजना हुने भएको छ।

कास्की जिल्ला फुटबल संघ (एन्फा)को आयोजनामा स्वदेशी तथा विदेशी क्लबहरु सहभागि हुने प्रतियोगितामा १२ वटा क्लब उपाधिका लागि भिड्ने भएका छन्।

प्रतियोगितामा नेपालबाट मनाङ मस्याङ्दी, संकटा, थ्रि स्टार, नेपाल आर्मी, नेपाल पुलिस, एपिएफ, हिमालयन, शेर्पा, च्यासल र बिग्रेड ब्वाइज, आयोजक पोखरा ११ रहेका छन्, भने विदेशी टिमहरुमा रिस्सो युनिर्भसिटी जापान र डफिन्स टिम फेमेली क्यामरुनले सहभागि जनाउने भएका छन्। दुई विदेशी टिमले पोखरामा पहिलो पटक सहभागिता जनाउन लागेका हुन्।

यसपटकको प्रतियोगितामा पुरस्कार राशी वृद्धि गरिएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए। उपाधि विजेताले ७ लाख ५५ हजार, उपविजेताले ४ लाख ५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए।

प्रतियोगिता अवधिभर उत्कृष्ट फरवार्ड, डिफेन्स, गोल रक्षक, मिड फिल्डर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने भएको छ। प्रत्यागितालाई मध्यनजर गर्दै पोखरा रंगशालाको खेल मैदानको मर्मत सभ्भारको काम अन्तिम चरणमा पुगेको एन्फा कास्कीले जनाएको छ।

माघ १५ गते उद्घाटन खेलमा एपिएफ क्लब र हिमालयन शेर्पा बीच दिउँसो २ बजे हुनेछ।प्रतियोगिता माघ २६ गतेसम्म चल्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?