डेढ घण्टा चना चपाएर ज्यान बढाएका सुशील कसरी पूरा गरे ‘रणवीर’ बन्ने च्यालेन्ज ?

डेढ घण्टा चना चपाएर ज्यान बढाएका सुशील कसरी पूरा गरे ‘रणवीर’ बन्ने च्यालेन्ज ?
+
-

काठमाडौँ– नयाँ प्रोजेक्टमा काम गर्ने भएपछि कलाकारले आफूलाई पात्र अनुसार ढाल्नु पर्ने हुन्छ। पातलो भए मोटाउने, मोटो ज्यान भए घटाउने, शारीरिक सुगठनको मामलामा कलाकार जहिले चनाखो हुन्छन्। माघ १८ गते चलचित्र ‘रणवीर प्रदर्शन हुँदै छ। यो चलचित्रका नायक शुशिल सिटौलाले पनि चलचित्रका लागि आफ्नो शारीरिकको संरचनालाई फेरे, यसको लागि उनले कम मेहनत गर्नुपरेन।

पातलो ज्यूडालका शुसिल सिटौलाको तौलले ६० को घेरा नाँघेको थिएन। होस्टेल रिटन्र्स, गाजाबाजा, सुन्तलीलाई भगाई लग्यो झिल्केले लगायतका चलचित्रमा चकचके अनि हसाँउने पात्रको रुपमा आफूलाई प्रस्तुत गरेका शुसिलले ‘रणवीर’ मा आफूलाई एकदमै रिसाहा युवकको रुपमा प्रस्तुत गरेका छन्। जसको लागि उनले ‘लुक्स’ मा धेरै नै मेहनत गर्नुपरेको थियो। रणवीरका लागि उनले आफ्नौ तौल बढाउनु पर्यो।

के के गर्नुप¥यो ?

‘म ५९ के जीको मान्छे बढेर ७८ केजीसम्म पुगे। खाना खान धेरै समय लाग्ने थिएन तर मैले दिनको डेढ घण्टा चना चपाउनमा नै लगाउनुप¥यो। ८ देखि १० ओटा अण्डा खानै प¥थ्यो। नखाए तौल बढ्ने थिएन तर खान पटक्कै मन लाग्ने थिएन। सुरु सुरुमा बान्ता पनि भयो तर त्यो प्रयास मेरो क्यारेक्टरको लागि थियो, मलाई जे जे गर्न भनियो, मैले गरे।

म लुरे मान्छे, मोटाउन च्यालेन्ज नै थियो। खाईरहेको थिए, जिम गईरहेको थिए, मेरो खाने, बस्ने, व्यायामको समय सबै सेड्यूल्ड थियो। एकदुई साता पछि मेरो साथीहरुले भन्न थाले, ‘मोटाइस् जस्तो छ’। सारै खुसी लागको थियो। मैले कति पटक टीसर्ट खोलेर ऐना हेर्थे, शरीर बाक्लिन थालेको देख्दा आनन्द लाग्थ्यो।’

शुसिलले रणवीरलाई आफ्नो डेब्यू चलचित्र भएको पनि बताए, ‘सुनिल रावल मेरा भगवान हुन् जसले मलाई चलचित्र नगरीमा आउने बाटो खुलाइदिए। अगाडि जतिओटा चलचित्र गरेको भएपनि मेरा लागि डेब्यू चलचित्र भनेको रणवीर हो।’ उनले यसलाई एक्सन डेब्यू चलचित्र भनेका छन्।

‘रणवीर’ प्रेम अनि बदलाको कथा हो। अरु चलचित्रमा चकलेटि, कमेडियन भूमिकामा देखिएका शुशिल रिसाहा प्रेमीका रुपमा देखिँदैछन्।
‘मलाई धेरै गारो भयो यो काम गर्न, एक्सन गर्दा एकदमै याद गर्नुपर्ने। आफूलाई चोट लाग्ला भनेर जोगाउन पर्ने। एकदुई पल्ट फाइटको सुटिङ्ग गर्दा साँच्चैलाई दुख्ने गरी लाग्थ्यो।’ उनलाई रिसाउन पनि गारो भयो, नाँच्ने बेलामा उस्तै तर उनले आफ्नो सक्ने क्षमता प्रस्तुत गरे।

माघ ८ मा रणवीरसँगै अरु दुई नेपाली चलचित्र पनि आउँदैछन्, उनी आफ्नो चलचित्रबाट आशावादी छन् अनि सबैलाई शुभकामना पनि भन्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?