तरुण दलले सोध्यो, ‘निर्मलाको हत्या भएका दिन गृहमन्त्रीका छोरा कहाँ थिए ?’

तरुण दलले सोध्यो, ‘निर्मलाको हत्या भएका दिन गृहमन्त्रीका छोरा कहाँ थिए ?’
+
-

धनगढी- नेपाल तरुण दलले निर्मला हत्या प्रकरणमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरामाथि अनुसन्धान गर्न माग गरेको छ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा गृहमन्त्री थापाकै छोरा सलग्न रहेको आशका गर्दै तरुण दलले निर्मलाको हत्या भएको दिन गृहमन्त्री थापाका छोरा कहाँ थिए ? अनुसन्धान गर्न माग गरेको छ।

सरकार विरुद्ध सोमवार धनगढीमा गरिएको विरोध प्रदर्शनका क्रममा नेपाल तरुण दलका अध्यक्ष जितजग बस्नेतले निर्मला हत्या प्रकरणमा गृहमन्त्री राम बहादुर थापाकै छोराको सलग्नता रहेको आशका गर्दै छानविन गर्न माग गरे।

‘निर्मलाको बलात्कारपछि हत्या भएको दिन गृहमन्त्रीका छोरा कहाँ थिए ? उनको स्वभाव कस्तो हो छानविन हुनुपर्छ ।’ बस्नेतले भने, ‘हैन भने गृहमन्त्रीले राजीनामा दिएर निष्पक्ष छानविनका लागि मार्ग प्रशस्त गर्नुपर्छ।’

सरकार आफै निर्मलाका हत्यारालाई बचाउने खेलमा लागिरहेको भन्दै उनले तरुण दलले हत्यारालाई सडकमा ल्याएर कारवाही गर्ने समेत चेतावनी दिए ।
तरुण दलका उपाध्यक्ष उत्तम कुमार चापागाईले विकाश र सम्वृद्धिका नारा लगाउदै बहुमत प्राप्त गरेको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । उनले सरकारको यस्तै दम्भ कायमै रहे धेरैदिन नटिक्ने बताए।

तरुण दलका महासचिव भुपेन्द्र शाहीले सरकारविरुद्ध बालुवाटारमा एक लाख युवा उतार्ने उद्धघोष गरे।सरकार विरुद्ध देशव्यापी रुपमा आन्दोलन गर्दै आएको तरुण दलले धनगढीमा बिरोध प्रदर्शनको क्रममा सरकारविरुद्ध नारा लगाएको थियो। सो क्रममा तरुण दलले प्रधानमन्त्री केपि शर्मा ओलिको राजीनामा समेत माग गरेको छ।

सरकारले मंहगी नियन्त्रण गर्न नसकेको, बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारलाई न्याय दिन नसकेको र वाईडबडी विमान खरीदमा भ्रष्टाचार गरेको भन्दै तरुण दलले सरकारको बिरोधमा प्रदर्शन गरेको हो।

त्यस्तै, चिकित्सा शिक्षा विधेयक, अनसनरत डा.गोविन्द्र केसीको माग सम्बोधन गर्नुपर्ने माग गरेको तरुण दलले आफना दुई नेता विपी कोईराला र गिरीजाप्रसाद कोईरालाका नाममा रहेका अस्पताल हटाउन खाजेको भन्दै आपत्ति समेत जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?