दीपक मनाङे अब माननीय, सभामुखले खुवाए सपथ

दीपक मनाङे अब माननीय, सभामुखले खुवाए सपथ
+
-

पोखरा – राजिव गुरुङ उर्फ दिपक मनाङेले सपथ खाएका छ्न्। गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले आज सोमबार मनाङ ख बाट स्वतन्त्र निर्वाचित मनाङेलाई प्रदेस सभा सदस्यको पद तथा गोपनियताको सपथ खुवाएका हुन।

ज्यान मार्ने उद्योगमा पाटन उच्च अदालतबाट मनाङेलाई ५ बर्ष कैद सुनाइएको थियो।सपथ खान नै नपाई डिल्लीबजार कारागार चलान भएका मनाङे लाई मुद्दा पुनरावलोकनका लागि सर्बोच्चले गएको पुस ६ गते थुनामुक्त गर्ने आदेश दिएको थियो।

थुनामुक्त लगत्तै मनाङेले गएको पुस ११ गते गण्डकी प्रदेश सभा सचिवालयमा सपथ ग्रहण गराई पाउ भन्दै निवेदन दर्ता गराएका थिए।

नयाँ फौजदारी सहिता अनुसार १० बर्ष भन्दा कम सजाय अदालतले फैसला सुनाएकालाई जेल बाहिर रहेर मुद्दा लड्न पाउने व्यवस्था छ।

थुनाबाहिर भए पछि सपथका लागि निरन्तर लबिङमा थिए। अन्ततः उनी आजदेखी गण्डकी प्रदेश सभा सदस्य बनेका हुन।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’