दीपक मनाङेको संसद यात्रा, ‘पार्टी प्रवेशबारे अहिल्यै सोचेको छैन’

दीपक मनाङेको संसद यात्रा, ‘पार्टी प्रवेशबारे अहिल्यै सोचेको छैन’
+
-

पोखरा- अनेक अन्यौल चिरेर राजीव गुरुङ उर्फ दीपक मनाङेले संसदको यात्रा प्रारम्भ गरेका छन्। गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले सोमबार मनाङेलाई प्रदेश सभा सदस्यको हैसियतमा सपथ खुवाएपछि संसदमा उनको यात्राले निर्वाचन सम्पन्न भएको १४ महीना पछि औपचारिकता पाएको हो।

सपथ पछि मनाङेले पत्रकारसँगको संक्षिप्त प्रतिक्रियामा प्रदेशको विकासमा आफू तल्लिन भएर लाग्ने बताए। ८ महीना जेल भित्रै बिताएकाले थुनामुक्त हुने बित्तिकै पनि आफू सपथ खान नहत्तारिएको उनले स्पष्ट पारे।

पार्टी प्रवेशबारे पत्रकारको जिज्ञासामा उनले तत्कालै कुनै पार्टी प्रवेशबारे योजना नबनाएको सुनाए। ‘फ्रेस भइसकेको छैन, सबै कुरा हतार हतार भो, त्यसैले पार्टी प्रवेशबारे अहिल्यै सोचेको छैन्,’ उनले थपे।

आफूले प्रतिनिधित्व गर्ने क्षेत्रको विकासका लागि पनि सपथ अनिवार्य भएको उनको आशय थियो। सडक पूर्वाधार, स्वास्थ्य, शिक्षा क्षेत्रको विकासमा काम थाल्ने उनले बताए। सथप ग्रहणका लागि मनाङे सोमबार नै काठमाडौंबाट सडक मार्ग हुँदै पोखरा आएका हुन्।

सपथपछि सभामुख अधिकारीले मनाङेलाई टिका लगाइदिए। उपसभामुख सिर्जना शर्मा, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत लगायतले उनलाई खादा लगाएर बधाई दिए। नेकपाकै केही प्रदेश सदस्य सपथ ग्रहण स्थलमा भएपनि विपक्षी दलका कुनै पनि सदस्य त्यहाँ देखिएनन्। नेकपाका प्रदेश सस्दयहरु मनाङेलाई सपथ खुवाउनु पर्ने लबिङमा थिए। बधाई दिन उनका शुभेच्छक तथा मनाङबासीहरु पनि प्रदेश सभा हल बाहिर जम्मा भइसकेका थिए।

सभामुखले प्रेसर थेग्न नसकेपछि…
प्रदेश सभाको निर्वाचनमा मनाङ ‘ख’बाट निर्वाचित मनाङे सपथ नखाई कारागार चलान भएका थिए । ज्यान मार्ने उद्योगमा पाटन उच्च अदातलबाट मनाङेलाई २०६९ मा ५ वर्ष कैद सुनाइएको थियो । सो मुद्दा ब्युँतिदा उनले सपथ लिन पाएका थिएनन् ।

गत बैशाख ७ गते प्रहरीले उनलाई पक्राउ गरी सोही मुद्दामा डिल्लीबजार कारागार चलान गरेको थियो । मुद्दा पुनरावलोकनका लागि भन्दै सर्वोच्चले गएको पुस ६ गते थुनामुक्त गर्ने आदेश दियो ।

त्यसको एक हप्ता नबित्दै पुस ११ गते उनले प्रदेश सभा सचिवालयमा सपथ ग्रहण गराई पाउँ भन्दै निवेदन दर्ता गराएका थिए । सभामुखको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले गएको पुस २२ गते प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १६ अनुसार मनाङेलाई सपथ खुवाउन नहुने निश्कर्ष निकालेको थियो ।

त्यसको भोलिपल्ट नै सभामुखले आफूले सपथ बारे कुनै धारणा सार्वजनिक नगरेको बताएपछि विषय मोडियो । दुई दिनकै अन्तरालमा सपथबारे फरकफरक धारणा सार्वजनिक गर्नुले सभामुखलाई शक्तिकेन्द्रबाट मनाङेलाई सपथ गराउन दबाब आएको स्पष्ट भयो ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १६ उपदफा १ मा ‘सदस्यको पदमा निर्वाचित कुनै व्यक्ति दफा १३ बमोजिम अयोग्य रहेको अदालतबाट ठहर भएमा निज त्यस्तो पदबाट मुक्त हुनेछ’ उल्लेख छ । सोही ऐनको दफा १३ बमोजिम उम्मेद्वारको अयोग्यता सम्बन्धी बुँदा ‘ङ’ मा ‘संगठित अपराध सम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसुरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको’ उल्लेख छ ।

निर्वाचनकै क्रममा मनाङेको उम्मेद्वारी उपर उजुरी नपरेको कारण बदर हुनबाट जोगिएको कानुन विद्हरु बताउँछन् । संविधान अनुसार मनाङेलाई सपथ खुवाउन नहुने भन्दै कांग्रेस सहितका विपक्षी दलहरुले अडान राख्दै आएका थिए ।

सभामुखले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरुसँग आन्तरिक छलफल पछि सथप खुवाउने निर्णयमा पुगेको स्रोतको भनाई छ ।

‘सभामुखले बिहानै फोन गर्नुभएको थियो,’ एक विपक्षी दल मध्येका एक नेताले भने, ‘प्रेसर थेग्न सकिन, राजीव गुरुङलाई सथप खुवाउन के गरौं भनेर सोध्नुभयो । हामीले संविधान अनुसार स्वविवेक प्रयोग गर्नुस् भन्ने सल्लाह दिएका हौं ।’

मनाङेलाई सपथ खुवाउनु पर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निरन्तर सभामुखलाई दबाब दिँदै आएको थियो । आज सोमबार बसेको प्रदेश सभाको बैठकमा नेकपाकै सांसद ईन्द्रधारा विष्टले मनाङबासीको मतको कदर गर्न भएपनि दीपक मनाङेलाई सथप खुवाउन सभामुखको ध्यानाकर्षण गराएका थिए ।

मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रत्यक्ष भेट गरी आफूलाई सपथ खुवाउन वातावरण मिलाइदिनुपर्ने भन्दै निरन्तर लबिङ गरिरहेको नेकपा नेताहरुकै भनाई छ । नेकपाकै दबाबका कारण पहिले सपथ खुवाउन नहुने निश्कर्षमा पुगेका सभामुख प्रेसर थेग्न नसकेकै कारण मनाङेलाई सपथ खुवाउन बाध्य भएको बुझिएको छ । तर यसपछिको कानुनी जटिलताको विषयमा सभामुखले कुनै धारणा सार्वजनिक गर्न चाहेका छैनन् ।

नयाँ फौजदारी संहिता अनुसर १० वर्ष भन्दा कम सजाय अदालतले फैसला सुनाएको मुद्दा थुना बाहिर रहेर पनि लड्न पाउने व्यवस्था भएअनुसार उनी पुस ६ गते थुनामुक्त भएका हुन् । मनाङ ‘ख’मा स्वतन्त्र उम्मेद्वारी दिएपनि बाम गठबन्धनको समर्थनमा १ हजार ४ सय १० मत ल्याएर विजयी भएका थिए ।

गण्डकी प्रदेश सभा सदस्य सपथ खाएपछि मनाङेले मंगलबार डाकिएको प्रदेश सभाको दिउँसो २ बजेको बैठकमा सहभागि हुने जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’