जापान एसियन कपको फाइनलमा

जापान एसियन कपको फाइनलमा
+
-

इरानलाई ३–० गोल अन्तरले पराजित गर्दै जापान एसिएन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो सेमिफाइनलमा इरानलाई हराउँदै जापान उपाधि नजिक पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तीन वटै गोल जापानले दोस्रो हाफमा गरेको थियो । जापानका लागि याया ओशाकाले दुई तथा जेन्की हेरगुचले एक गोल गरेका थिए ।

५६ औं मिनेटमा योया ओशाकाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । १–० ले अघि रहेका बेला जापानले ६७ औं मिनेटमा पेनाल्टी पाएको थियो । इरानका खेलाडीले डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई ओशाकालेनै गोलमा परिणत गर्दै अग्रता २–० मा पुर्याएका थिए ।

९१ औं मिनेटमा जेन्की हरगुचले गोल थप्दै जापानलाई इरानमाथि ३–० को जित दिलाउन सफल भए । जापानले अब उपाधिका लागि कतार र यूएईको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?