
देश सञ्चार
माघ १५, २०७५

अ
+
अ
अ
-
काठमाडौँ – नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले अनशनरत डा. गोविन्द केसीसँग भेट गरेका छन् । शिक्षण अस्पतालमै पुगेर नेता केसीले अनशनरत डा. केसीसँग भेट गरेका हुन् ।
भेटका क्रममा नेता केसीले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । नेपाली कांग्रेस डा. केसीका माग पूरा गर्नुपर्ने भन्दै आन्दोलनमा छ ।

