फलदायी वार्ता गरी अनशन बन्द गर्न आग्रह

फलदायी वार्ता गरी अनशन बन्द गर्न आग्रह
+
-

काठमाडौँ – राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले अनशनरत प्रा डा गोविन्द केसीसँग फलदायी वार्ता गरी अविलम्ब समस्या समाधानको उपाय खोज्न र अनशनको बाटो तत्काल बन्द गर्न आह्वान गरेको छ ।  सरकारसँग विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने, अनशनरत डा केसीसँग फलदायी वार्ताका लागि सरकारले पहल गर्नुपर्ने र केसीले अनशन बन्द गर्नुपर्ने प्रतिष्ठानको सुझाव छ ।

उक्त प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेल र महासचिव हरिश्चन्द्र भट्टराईले जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभाबाट सो विधेयक पारित हुनु र त्यसपछि पक्षविपक्षमा राजनीतिक दल, स्वास्थ्यकर्मी तथा नागरिक समाज विभाजित हुनाका साथै स्थिति थप अन्योलपूर्ण भएकाले वार्ताबाट समाधान गर्न आग्रह गरिएको हो ।

गत पुस २६ गतेदेखि डा केसी १६ औँ पटक आमरण अनशनमा छन् । उनको स्वास्थ्यस्थिति दिनप्रतिदिन कमजोर हुँदै गएको छ । केसीको जीवनरक्षाको माग गर्दै नेपाल चिकित्सक सङ्घले रिले अनशन घोषणा गरेको छ भने त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, शिक्षण अस्पतालले अस्पताल परिसरमा अनशन नबस्न आग्रह गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?