१२ महिनाभित्र फोरजी सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन

१२ महिनाभित्र फोरजी सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन
+
-

काठमाडौं- संघीय संसदअन्तर्गतको अर्थ समितिले नेपाल टेलिकमको फोरजी विस्तार १२ महिमा हुने गरी टेन्डर प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

मंगलबार सिंहदरबारमा बसेको अर्थसमितिको बैठकले अन्य नीजि सेवा प्रदायकले टेलिकमकोभन्दा पछाडि यसको विस्तारका लागि अनुमति पाए पनि टेलिकम उनीहरुभन्दा पछि परेको भन्दै टेन्डर प्रक्रिया अघि बढाएको १२ महिनाभित्रमा काम सम्पन्‍न हुने गरी सम्झौता गर्न नेपाल टेलिकम र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।

अर्थसमितिले सरकारलाई एक वर्षमा नेपालभर फोरजी सेवा विस्तार सम्पन्‍न हुने गरी सम्झौता गर्ने बेलामा प्रयोग हुने उपकरणहरु र गुणस्तरमा पनि कमी नहुने गरी सम्झौता गर्न आदेश दिएको छ।

समितिले उपकरणमा या गुणस्तरमा केही कमी भएको पाइएमा या समयमै काम सम्पन्‍न नभएमा उक्त आयोजनामा संलग्न सबै निकाय जिम्मेवार हुनु पर्ने समेत निर्देशन दिएको समितिका सभापति कृष्णप्रसाद दाहालले देश सञ्‍चारलाई बताए।

उनले भने, ‘ सरकारलाई एक वर्षमा नेपालभर फोरजी सेवा विस्तार सम्पन्‍न हुने गरी सम्झौता गर्ने बेलामा प्रयोग हुने उपकरणहरु र गुणस्तरमा पनि कमी नहुने गरी सम्झौता गर्न भनेका छौ। साथै फोरजी सेवा विस्तारबाट आगामी ५ बर्षमा कम्पनीको वित्तीय अवस्था सुदृढ भई सरकारलाई प्राप्त हुने राजश्व र लाभांस दोब्बर हुने आधार सहितको विश्वसनीय व्यबसायिक योजना बनाई लागू गर्न टेलिकमलाई निर्देशन दिएका छौ।’

नेपाल टेलिकमले दुई बर्ष अगाडि नै पहिलो पटक काठमाडौं र पोखरामा फोरजी सेवा सञ्‍चालनमा ल्याएको थियो। साथै गत बर्षको कार्तिक ६ गते नेपालभर उक्त फोरजी–एलटिई सेवा विस्तारका लागि आह्वान गरेको थियो। तर टेन्डर आह्वान गरेको केही महिनापछि नै अख्तियारमा उजुरी आएपछि उक्त टेन्डरको फाइल अख्तियारले दश महिना रोकेपछि टेन्डर प्रक्रिया रोकिएको थियो।

यता, सूचना तथा सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाले दुई महिनाअघि मात्रै फोरजी विस्तारको जिम्मा सञ्‍चार तथा सुचना प्रविधि मन्त्रालयको जिम्‍मामा आएको भन्‍दै काम अगाडि बढाएको बताएका छन्। उनले भने ‘अख्तियारले उक्त रोकिएको टेन्डर प्रक्रिया सञ्‍चार मन्त्रालयको मातहतमा रहने गरी जिम्‍मा दिएपछि हामीले काम थालेका छौ।’

नेपाल टेलिकम भन्दा पछि फोरजी सेवा सञ‍चालन गरेको एनसेलले नेपालका करिव १० शहरमा यसको विस्तार गर्दै साढे १२ लाख प्रयोगकर्ता पुर्‍याइसकेको छ भने नेपाल टेलिकमको उक्त सेवा काठमाडौं र पोखरामा मात्रै कायम राखेको छ।

हाल नेपाल टेलिकमको फोरजी चलाउनेको संख्या जम्मा ६ लाख ५२ हजार छ। टेलिकमले फोरजी–एलटीई सेवा नेपालभर संचालनमा ल्याएसँगै उक्त सेवाले करीव ६५ लाख प्रयोगकर्तालाई धान्‍ने स्थिति छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?