एसिया कपको फाइलनमा जापान र कतार भिड्ने

एसिया कपको फाइलनमा जापान र कतार भिड्ने
+
-

एसिया कप फुटबलको उपाधिका लागि कतार र जापानबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा आयोजक युएईलाई ४–० गोलअन्तरले पराजित गर्दै कतारले फाइनलमा जापानसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

कतारको जितमा बोउलम खोउखी, अल्मोइज अली, हसन अल हेदोस र हामिद स्माइलले गोल गरेका थिए । मोहमद बिन जायद स्टेडियममा कतारसामु घरेली टोली यूएई स्तब्ध बन्यो । युएईले कुनै उत्कृष्ट प्रदर्शन गर्न सकेन ।

खोउखीले २२ औँ मिनेटमा नै गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । त्यस्तै, ३७ औँ मिनेटमा अलीले गोल गर्दै कतारलाई दोब्बर अग्रता दिलाएका थिए । पहिलो हाफमा २–० गोलले अघि रहेको कतारले दोस्रो हाफमा पनि थप दुई गोल गर्न सफल भयो ।

कतारका लागि खेलको ८० औँ मिनेटमा हदोसले गोल गर्दै ३–० को अग्रता दिलाएका थिए । अतिरिक्त समयमा स्माइलले गोल गर्दै कतारलाई ४–० गोलको जित दिलाए । सोमबार भएको पहिलो सेमिफाइनलमा जापानले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । अब उपाधिका लागि जापान र कतारबीचको खेल फेब्रुअरी एक तारिखमा हुनेछ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’