चितवनमा २६ जनामा डेंगूको संक्रमण

चितवनमा २६ जनामा डेंगूको संक्रमण
+
-

चितवन– जिल्लामा चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। यस अवधिमा एक हजार ३७० को डेङ्गु परीक्षण गरिएको थियो।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक रामकुमार केसीका अनुसार डेङ्गु देखिएकामध्ये ११ चितवनका छन्। अन्य छिमेकी जिल्लाको रहेका उनले बताए। मुख्यरुपमा साउन, भदौ, असोजमा डेङ्गुको सङ्क्रमण हुने गर्दछ। गत आर्थिक वर्षमा ५९ मा डेङ्गु देखा परेको थियो। जसमध्ये ३२ चितवनका रहेको केसीले बताए।

गत वर्ष हेटौँडा घर भएका एक जनाको चितवनमा उपचारका क्रममा डेङ्गुका कारण मृत्यु भएको थियो। आठ वर्षअघि जिल्लामा डेङ्गु सङ्क्रमणका रुपमा फैलिएको थियो। केसीका अनुसार सन् २०१० मा ७३९ मा डेङ्गुको सङ्क्रमण भेटिएको थियो। जसमध्ये पाँचको मृत्यु भएको थियो। त्यसपछिका वर्षमा क्रमश सङ्क्रमण घट्दै आएको छ।

डेङ्गु नियन्त्रणका लागि यही माघ १४ गतेबाट इपिडिमियोलोजी महाशाखा र रत्ननगर नगरपालिकाले जनचेतनामूलक कार्यक्रम गरिरहेको छ। एडिस एजेप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?