अत्यधिक चिसो बढेपछि अमेरिकाका तिन राज्यमा आपतकाल घोषणा, तापक्रम माइनस ७० डिग्री पुग्ने चेतावनी

अत्यधिक चिसो बढेपछि अमेरिकाका तिन राज्यमा आपतकाल घोषणा, तापक्रम माइनस ७० डिग्री पुग्ने चेतावनी
+
-

अमेरिकाको ४ राज्यमा अत्यधिक चिसो बढेको छ । ध्रुवीय क्षेत्रबाट आएको बरफयुक्त वायुका कारण चिसो बढेपछि तीन राज्यले आपतकाल घोषणा गरेका छन् । मध्यपश्चिम क्षेत्रका इलिनोई, मिशिगन र विस्कन्सिन राज्यमा आपतकाल घोषणा गरिएको बिबिसीले जनाएको छ ।

दक्षिणी राज्य एलाबामा र जोर्जियामा बासिन्दाले पनि चिसोको कहर सहिरहेका छन् । मौसमविद्हरुले त्यहाँ हिमपात हुने भविष्यवाणी गरेका छन् । बिबिसीका अनुसार बुधबार राति त्यहाँको तापक्रम माइनस ३० डिग्री सेल्सियस मापन भएको छ । उत्तरी डाकोटाको तापक्रम माइनस ३७ डिग्री सेल्सियस छ ।
मौसमविदहरुले तापक्रम माइनस ७० डिग्री सम्म पुग्न सक्ने चेतावनी दिएका छन् ।

अत्यधिक चिसोले ताल–तलैया जमेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, न्यूर्योक र क्यानडाको सीमामा पर्ने नायगरा फल्स बरफमा परिणत भएको छ । चिसोको अत्यासलाग्दो कहरमा अमेरिकी राज्य फसेका बेला लुटपाटका घटना भइरहेको सञ्चारमाध्यमहरुले बताएका छन् । बिबिसीका अनुसार, महँगा ज्याकेटहरु लुटेराहरुले बन्दुक देखाउँदै लुटेका छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’