विश्‍व शान्तिका लागि कला यात्राः बिरेठाँटीदेखि बोधगयासम्म

विश्‍व शान्तिका लागि कला यात्राः बिरेठाँटीदेखि बोधगयासम्म
+
-

पोखरा-बिरेठाँटी माध्यमिक विद्यालयका विद्यार्थी गौतम बुद्धले ज्ञानप्राप्त गरेको बोधगया पुगेर विश्व शान्तिका लागि कला सिर्जना गरी फर्किएका छन्।

कला यात्रामा विद्यालयका विशाल चपाईं, एलिशा तामाङ, मोनिका तामाङ, नवीन परियार, प्रदीप आचार्य र शोभा परियार सहित कलाकारका अभिभावक जगतप्रसाद आचार्य, सीता परियार, विष्णुमाया तामाङ र सीता चपाईं सहितको समूह बोधगया गएका थिए।

बोधगयामा हिमालयन ड्रिम टिमका कलाकारले ३० वटा कला तयार गरेका छन्। यस अघि बुद्धको जन्मस्थल लुम्बिनीमा पनि कला यात्रा सम्पन्न भइसकेको छ । समूहले तयार गरेका कला कोरियाको सउलमा प्रदर्शनी गरिने जानकारी आर्थिक सहयोग गर्ने लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धानकर्ता कु हुङ किमले जानकारी दिए।

विद्यालय व्यवस्थापन समितिकी सदस्य समेत रहेकी विष्णुमाया तामाङले ‘आफ्ना दुबै छोरीलाई चाहेर पनि कलाकार बनाउन सक्थिनँ, किम सरका सहयोगले स्कुलमै कला सिक्ने अवसर पाए। गत वर्ष कोरिया पुगेर कला प्रदर्शनी गरेका दुई छोरीकै कारण अहिले आफू पनि बोधगयासम्मको कला यात्रामा सरिक हुन मौका मिल्यो,’ उनले भनिन् । तामाङ्ले कला यात्राको आर्थिक लगानी गर्ने कोरियाका किम सरप्रति खुशी हुँदै आभार व्यक्त गरिन्।

आठ कक्षामा पढ्ने मोनिका र दश कक्षामा पढ्ने एलिशा तामाङ दुबै दिदीबहिनीले एकै स्वरमा भने ‘हामीले स्कुलमै कक्षा शिक्षकका रूपमा किम सर पायौं र हाम्रो कलायात्राको ढोका खुल्योे ।’ भविष्यमा कलाकार नै हुने अठोट तामाङ दिदीबहिनीले गरेका छन्।

आमा सीता चपाईंले भनिन्, ‘छोरा विशाल चित्र बनाएरै कोरियासम्म पुगेर आयो, हामीले बोधगयासम्मको यात्रा गर्ने मौका पायौं। आफ्ने आँखा अगाडि छोराले महाबोधी मन्दिरको चित्र बनाउँदा हर्षका आँसु खसे ’ उनले थपिन, ‘किम सरले पहल नगरेको भए हामीले कला यात्रामा जाने मौका पाउने थिएनौं’,

बिहारको राजधानी पटनाबाट दक्षिण पूर्व एक सय किलोमिटर टाढा बोधगयामा बुद्धले बुद्धत्व प्राप्त गरेका थिए। विश्व सम्पदा सूचिमा परेको बोधगयाको महाबोधी मन्दिर आसपासमा समूहका कलाकारले तिन दिनसम्म चित्र बनाएका थिए।

नेपालको इतिहास, संस्कृति र जात्रा सम्बन्धी कोरियन भाषामा पुस्तक प्रकाशन गरेका किमले विश्व शान्तिको कामना गर्दै आफ्नो समूहलाई बुद्ध सम्बन्धी कला सिर्जना गर्न निर्देशन दिएका थिए।

यस अघि किमले बिरेठाँटी माध्यमिक विद्यालयलमा ‘खसीले मसी हुन्छ’ भन्दै २० लाख रुपैयाँका बाख्रा दुईसय जना अभिभावकलाई बाँडेका थिए। बिरेठाँटीका विद्यार्थीलाई खेलकूद सामाग्री र पोशाक उपलब्ध गराए।

विद्यालयको गेट, प्रविधि सहितको स्मार्ट कक्षाकोठा निर्माणमा आर्थिक सहयोग जुटाएका थिए। किमले १२ जना विद्यार्थीले तयार पारेका १ सय २० वटा कलालाई गत वर्ष कोरियाको सउलमा प्रदर्शनीको पहल गरेका थिए।

कला यात्राबाट फर्केपछि किमले भने ‘यस पटक हिमालयन ड्रिम टिमका विद्यार्थीले हिन्दु र बौद्ध धर्मको साँस्कृतिक पक्ष बुझन पाए। आफू ३० वर्ष पहिले नेपाल घुम्न आउँदा बोधगया गएको र अहिले जाँदा धेरै परिवर्तन भएको जानकारी दिए।

बोधगयामा भारतीयहरूले नेपाली विद्यार्थी र मलाई देख्दा रमाइलो माने।उनले कला यात्रा सफल भएकोमा विद्यार्थी र अभिभावकलाई धन्यवाद दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’