
काठमाडौँ – प्रविधिको विकास र त्यसको बिस्तारित प्रयोगसँगै सजिलो भएको छ । तर कहिले काहिँ यहि सजिलोको माध्यमकै कारण तनाव हुने गरेको छ ।
विशेष गरी आफ्ना महत्वपूर्ण सामग्रीको भण्डारण अर्थात स्टोरेज गर्ने थलो बनेको छ ल्याप्टप, कम्प्युटर तथा पेनड्राइभसहितका एक्सटर्नल डिभाइस ।
तर कहिले काहिँ आफूले स्टोर गरेका फाइनल असावधानीका कारण डिलिट हुन्छ । यस्तै कम्प्युटर वा ल्याप्टपको सफ्टवेयरले काम नगर्दा पनि भिडियो, फोटो, विभिन्न कागजातका इ–कपी, वर्ड फाइलसहितका सामग्री नष्ट हुन्छन् वा खुल्दैनन् ।
यस्तै आफ्नै असावधानीका कारण पनि महत्वपूर्ण सामग्री डिलिट वा त्यसलाई ब्याकअपमा नराखी ल्याप्टप, कम्प्युटर वा पेनड्राइभसहितका एक्सटर्नल डिभाइस फरम्याट गर्न सकिन्छ । पछि खोज्दा नपाएर समस्या हुन्छ, तर यसको समाधान पनि छ ।
स्थायी रुपमा डिलिट भएका फाइल रिकभर गर्न सकिन्छ, यसका लागि रिकभरी सफ्टवेयर प्रयोग गर्नु पर्छ ।
यस्तै एक उत्कृष्ट सफ्टवेयर हो, एनी डेटा रिकभरी । यो सफ्टवेयर म्याक र विन्डोज दुवैका लागि उपलब्ध छ । केही समयका लागि यो सफ्टवेयर निःशूल्क रुपमा उपलब्ध हुन्छ । केही समयपछि यसलाई अपग्रेड गर्नु पर्छ ।
यो सफ्टवेयर प्रयोग गर्न सजिलो छ । यसलाई डाउनलोड गरेर इन्स्टल गर्नु पर्छ । यो सफ्टवेयरलाई लञ्च गरेपछि कम्प्युटर वा ल्याप्टपको हार्ड ड्राइभ, एक्सटर्नल ड्राइभ वा अरु लोकेशन देखिन्छ ।
आफ्नो डिलिट भएको फाइल भएको लोकेशन थाहा भए त्यसलाई छनौट गर्ने, नभए सबै लोकेशनमा स्क्यान गर्न सकिन्छ ।
स्क्यान सकिएपछि स्थायी रुपमा डिलिट भएका फाइलको सूचि देखिन्छ । बायाँ पट्टिबाट फाइलको प्रकार छनौट गर्न सकिन्छ र दायाँ त्यो प्रकारका फाइल देखिन्छन् ।
फाइलसँगै त्यो रहेको लोकेशन र अरु विवरण पनि उपलब्ध हुन्छ । आफ्नो डिलिट भएको फाइलको नाम थाहा भए सर्च गर्न पनि सकिन्छ ।
रिकभर गर्न चाहेको फाइल भेटिएपछि त्यसलाई सेलेक्ट गरेर रिकभरमा क्लिक गर्नु पर्छ । त्यसपछि फाइल राख्न चाहेको लोकेशन निर्धारण गर्नु पर्छ, तर जहाँबाट डिलिट भएको हो त्यहि लोकेशन भने हुनु हुँदैन । त्यसपछि फाइल रिकभर हुन्छ ।