स्वास्थ्यकर्मीको आन्दोलन: बिरामीको बिचल्ली

एक सय शैयाको अस्पताल, बिरामी सङ्ख्या १२

एक सय शैयाको अस्पताल, बिरामी सङ्ख्या १२
+
-

दाङ–बिरामीको चापले डाक्टरलाई भेट्नै मुस्किल पर्थ्यो । वार्डमा बिरामी खचाखच हुन्थे । सुत्केरी सेवाको लागि त्यस्तै भीडभाड । तर, अहिले एक सय वेड रहेको अस्पतालमा जम्मा १२ जना बिरामी भर्ना छन् ।

सुत्केरी वार्ड खाली छ । अस्पताल भित्रको फोहर नउठेको पनि धेरै भयो । नाक थुनेर भित्र पस्नुपर्छ । बाहिर रुखमुनि कालो ब्यानर टाँगिएको छ । त्यही कालो ब्यानर मुनि कर्मचारी घाम तापेर बसेका हुन्छन् । उपचारको लागि बिरामीको निकै भीड हुने राप्ती उपक्षेत्रीय अस्पताल हालको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान शुनसान छ ।

आन्दोलनका कारण सरसफाई समेत नभएपछि अस्पताल दुर्गन्धित भएको छ।

आन्दोलनमा रहेका कर्मचारीको समस्या प्रतिष्ठानले सम्बोधन गरेको छैन । कर्मचारी र स्वास्थ्यकर्मीको आन्दोलनका कारण बिरामीले स्वास्थ्य सेवा उपभोग गर्न पाएका छैनन् । कर्मचारीहरुले सेवा सुविधा र पेशागत सुरक्षाको माग राख्दै आन्दोलन थालेका हुन् । तलब र पेशागत सुरक्षाको माग गर्दै गत साउनदेखि आन्दोलन गरे पनि प्रशासनले सम्बोधन नगरेको भन्दै कर्मचारीहरु माघ २ गतेदेखि सशक्त आन्दोलन सुरु गरेका हुन् ।

काम छोडेर घाम तापेर बसेका स्वास्थ्यकर्मी र कर्मचारीहरु । आन्दोलनका कारण उपचार नपाउँदा बिरामीको बिचल्ली भएको छ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार रामप्रसाद प्याकुरेलले समस्या समाधानको लागि पटक पटक वार्ता गरिए पनि निष्कर्षमा पुग्न नसकिएको बताए । ‘तीन पटक सम्म त सिडियो कार्यालयमा बार्ता भयो । तर, सहमति हुन सकेन’उनले भने–‘अब मन्त्रालयबाट टोली आउने भन्ने सुनेका छौँ । समाधान निस्कन्छ कि ?’

प्रतिष्ठानले काममा लापवार्ही गरेको भन्दै तीनजना कर्मचारीलाई निस्कासन गरेको छ । आन्दोलित कर्माचारीले निस्कासनमा परेका कर्माचारीलाई पनि पुनर्बहालीको अडान राखेपछि निस्कर्षमा पुग्न नसकिएको बताइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?