भ्रष्टाचार विरुद्ध महाअभियान!

‘सय कडा दश’ हेर्दा मेरो रगत उम्ल्यो, शरीरमा काँडा फूले

‘सय कडा दश’ हेर्दा मेरो रगत उम्ल्यो, शरीरमा काँडा फूले
+
-

दिनेश न्यौपाने –

भ्रष्टाचार कानुन र नैतिकता विपरितको क्रियाकलाप हो । आर्थिकदेखि नैतिक सबै कुराहरुमा रहेको भ्रष्टाचार अहिले विश्वकै समस्या बनेको छ । हाम्रो मुलुक नेपाललाई भने आर्थिक भ्रष्टाचारले धेरैक्षतविक्षत बनाएको छ । आचरण र नीतिगत रुपमा त झन् ठूलो भ्रष्टाचार । नेपालमा नीतिगत आर्थिक भष्टाचारले जरा गाडेको छ र यो जरालाई उखेल्ने हिम्मतले सार्थकता पाएको छैन ।

नीतिगत रुपमा हुने भ्रष्टाचारमा सर्वसाधारणको चासो र दृष्टि नपुग्ने भएकाले यस्ता विषयमा न छलफल हुन्छन् न त पर्याप्त अनुसन्धान नै । भ्रष्ट आचरण समाज, परिवार र मुलुकका लागि क्यान्सर जस्तै रोग हो । यसले न त मुलुकलाई उभो लाग्न दिन्छ न परिवार र छरछिमेक ।

यहि विषयमा उदाङ्गो चरित्र चित्रण गरेको छ चलचित्र ‘सय कडा १०’ ले । मैले आजसम्म थुप्रै चलचित्र हेरे हुँला । ति मध्ये केही चलचित्र हलबाट बाहिर नआउँदै त्यहिँ बिर्सेर पनि आएको छु । तर केही चलचित्र कहिल्यै नबिर्सने गरि मानसपटलमा छन् ।

सामाजिक, आर्थिक र सांस्कृतिक विषयमा निर्माण गरिएका थुप्रै चलचित्र छन् । ति मध्ये केहि सफल त केहि असफल । दुई महिनापछि चलचित्र ‘सय कडा १०’ हेर्ने अवसर जुर्यो । चलचित्र हेर्न हलमा जाँदा कहिले हाँसेर बसिन्थ्यो त कहिले आँशु झारेर । चलचित्रमा कुनै परिदृष्य यस्ता छन् जसलाई हेर्दा शरीरको आलो रगत उम्लेर आउँछ ।

छिनमै हास्ने दर्शकहरुका आँखामा छिनमै आँशु झार्न सक्ने यो चलचित्रले मुलुकको दर्दनाक अवस्थालाई चित्रण गर्दा शरीर जुरुङ, जुरुङ भइरह्यो । चलचित्रमा कलाकार राजाराम पौड्याल, मनोज गजुरेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने लगायतको जीवन्त अभिनय छ ।

चलचित्र हेर्दा यस्तो अनुभूति हुन्छ कि म कुनै हलमा चलचित्र हेरिरहेको छैन । म त मेरो देशको कटु यथार्त नियालीरहेको छु माथिबाट । म देखिरहेको छु भ्रष्टाचारमा लिप्त रहेका मेरो देशका नेताहरुको कुकृत्य, अनि सामाजिक अभियन्ताका नाममा लूट मच्चाइरहेका हरुको यथार्त अनुहार ।

दिनेश न्यौपाने

मनले सोच्दै थियो, खासमा भ्रष्टाचारले देश मात्रै होइन, समाज र पारिवारमा कस्तो असर पर्दो रहेछ ? कसरी हुने रहेछ भ्रष्टाचार ? कसको उक्साहटमा कसका लागि ? कसरी कसरी हुने रहेछ ? बाबा यति सानो मुलुकमा भ्रष्टाचारको यति ठूलो अनि भयंकर जालो पो ? अनि कसरी बन्दो हो मुलुक सम्बृद्ध ?

मनमनै मैले हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई सम्बृद्ध पार्ने भन्दै ठोकेका भाषणका मिठा शब्द पनि सम्झेँ । अनि भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने उहाँको अभिव्यक्ति सम्झँदा त झन कठै भन्न मन लाग्यो । यस्तै अवस्था रहे मेरो जीवन रहेसम्म भ्रष्टाचार मुलुकबाट हट्न सक्दैन, जाबो प्रधानमन्त्रीको भाषण, अनि म मनमनै हाँसे पनि ।

रामशरण पाठकको निर्देशन रहेको चलचित्र सय कडा १० अहिले देशभर प्रदर्शन भैरहेको छ । चलचित्रमा देश कसरी बाँचिरहेको छ ? त्यहि देशमा हामी के गर्दैछौ ? भ्रष्ट आचरणका (निजामती कर्मचारी) र यिनिहरुसँग सम्बन्ध भएका व्यक्तिले गर्ने क्रियाकलापले पार्ने असरका विषयमा चलचित्रले एउटा जलजला चित्र देखाएको छ ।

युवाहरुको सकारात्मक पहलमा चालिने सामाजिक अभियानका विषयलाई पनि चलचित्रले प्रोत्साहन दिएको छ । भ्रष्टाचार जस्तो भयानक रोगले ग्रसित नेपालको उपचार कसरी गर्ने त ? भ्रष्टाचारको उपचार नभए पछिल्लो पुस्ताले समेत भोग्नपर्ने अत्यन्त खराब नियती पनि चलचित्रमा देखाउँने प्रयास गरिएको छ ।

देश बन्नको लागि राष्ट्र र राष्ट्रिय राजनीति सक्षम हुनुपर्छ । विश्वमा आर्थिक रूपले कम विकसित देशलाई हेर्दा ती देशहरूमा भ्रष्टाचार एउटा जटिल समस्याको रूपमा देखिएको छ । जसलाई त्यहाँको राष्ट्रिय राजनीतिले निवारण गर्न सकिरहेको पाईंदैन । नेपालको वर्तमान अवस्था पनि यस्तै छ । त्यसैले देश बनाउने सवालमा भ्रष्टाचारको समस्यालाई निवारण नगरेसम्म देशको आर्थिक उन्नति गर्ने आधारहरू बलियो बन्न सक्दैन भन्ने एउटा सन्देश चलचित्र छ ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको चलचित्र सय कडा १० ले चर्चित हास्य कलाकार मनोज गजुरेलको एक नयाँ परिचय पनि सुरु भएको छ । सबैलाई सधैँ हसाई रहने गजुरेलले चलचित्रमा हसाएका त छन नै । उनको भूमिका पनि उत्तिकै वजनदार छ ।

‘इमानदारिताको इन्धनले चल्ने नेपालको एक मात्र रेल मनोज गजुरेल’ जस्ता उनका संवादले दर्शकलाई खुबै हसाउँछन् । चलचित्रमा उनको भूमिका रिल, र रियलमा फरक नपर्ने गरि देखाउँदा त्यसले पनि मन छुन्छ ।

वास्तवमा यो चलचित्र मात्रै नभएर आम नेपालीहरुका लागि भ्रष्टाचार हटाउन भूमिका खेल्ने एक महाअभियान हो भन्दा फरक पर्दैन । आगामी दिनमा पनि सय कडा दश जस्ता भ्रष्टाचार विरुद्धका चलचित्र निर्माण हुने हो भने केही हदसम्म भ्रष्टाचारीलाई नांगेझार पार्न मद्दत पुग्ने मेरो विश्वास छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?