
शर्ट फिल्मका निर्देशक ताहिरा कश्यपले पहिलो पटक र्याम्प लागि आफ्नो उपस्थिति दखाइन्। उनले एउटा ‘स्पोर्टस बियर ब्रान्ड’ का लागि ‘लैक्मे फेसन वीकमा वाक्’ गरिन्। आयुष्मान खुरानाकी श्रीमती ताहिरालाई जीरो स्टेजको क्यान्सर छ। क्यान्सरकै कारण ताहिरा स्टेजमा बोल्ड अवतारमा देखा परिन्। चिटिक्क परेको कालो चस्मा र मोर्डन पहिरनमा सजिएकी ताहिराले आत्मविश्वासका साथ आफूलाई प्रसतुत गरेकी थिइन्।
ताहिराले इन्स्टामा पोष्ट गर्दै लेखेकी छिन्,‘ यो मेरो लागि अत्यन्तै रमाइलो अनुभवका साथै र्याम्प वाक् पनि पहिलो पटक हो। तर म सधै बुझ्न चाहन्थ्ये कि र्याम्प वाक् गर्दा कस्तो अनुभव हुन्छ। तर यो त वास्तवमै एकदमै राम्रो अनुभव भयो मलाई।’
केही महिना पहिले आयुष्मान र ताहिराले सामाजिक सञ्जालमा ताहिरालाई जीरो स्टेजको क्यान्सर भएको बताएका थिए। आयुष्मान ताहिराको नाजुक समयमा घरको पिलरका जसरी साथ दिइरहेका छन्। जब ताहिरालाई क्यान्सरको बारेमा थाहा भयो, त्यो बेला आयुष्मान अन्धाधुनको सुटिङमा व्यस्त थिए। ताहिरा प्रोफेसर र शिक्षिका पनि हुन्। उनले ‘ट्रफी बिफोर’ नामक सर्ट फिल्म निर्देशन पनि गरेकी छन्।
शोका प्रोड्यूसरले ताहिराका लागि बयान गर्दै लेखे ‘ताहिराले आफ्नो जीवनकालमा धेरै भूमिकालाई निभाएकी छन्। उनले रेडियो स्टेसनमा कार्यक्रम प्रमुखदेखि थिएटर लेखक– निर्देशक, लेखक, आमसञ्चार शिक्षिका र सर्ट फिल्म बनाउनेसम्मको भूमिकालाई बडो महत्वपूर्ण ढंगबाट निभाएकी छन्। हामी उनको ‘र्याम्प वाक् डेब्यू’ लाई देखेर निकै उत्साहित छौं, आशा छ आउने दिनहरुमा उनीसँग काम गर्ने अवसर मिल्नेछ।’
ताहिराको क्यान्सरका बारेमा आयूष्मानले एक अन्तरवार्तामा भनेका थिए,‘ जब मेरो फिल्म ‘बधाई हो’ सार्वजनिक भयो त्यो समयमा म ‘किमो सेशन’ का लागि ताहिरासँगै अस्पतालमा हुन्थे। त्यो बेला म मोबाइलबाटै फिल्मको ‘ कलेक्सन’ र प्रतिक्रिया हेरिरहेको थिए।म त्यो समयमा दोहोरो जिम्मेवारी निभाइरहेको थिए। किनकी त्यो समय मेरो लागि एकदमै चुनौती बनेर आएको थियो।