
काठमाडौँ – सामाजिक सञ्जालमा अहिले एक ‘कारुणिक तस्बिर’ भाइरल बनेको छ। एक अन्जान फोटोग्राफरले खिचेको केही बालबालिकाको यो तस्बिर लाखौँ व्यक्तिले शेयर गरेका छन्। तर तस्बिर खिच्ने फोटोग्राफर को हुन् र यो कहाँको तस्बिर हो भन्ने खुलेको छैन।
यो तस्बिरमा केही बालबालिका सेल्फी लिने जस्तो गरि पोज दिइरहेका छन्। उनीहरुको मुहारमा मन्द मुस्कान छ। तर सेल्फी लिने बच्चाको हातमा मोवाइल नभएर फाटेको चप्पल छ । यी पाँच बालबालिकाको तस्बिर नेपालसहित भारतमा पनि भाइरल बनेको छ।
यो तस्बिरलाई भारतका थुप्रै कलाकारले पनि शेयर गरेका छन्। अभिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र सुनिल शेट्टीसहितका दिग्गज कलाकारले यसलाई शेयर गरेका छन्।
कलाकारहरु मध्ये सुरुमा यो तस्बिरलाई अनुपम खेरले शेयर गरेका थिए। आफ्नो ट्विटर हेन्डलमा उनले तस्बिरको क्याप्सनमा लेखे ‘चीजहरु उनीहरुका लागि सर्वश्रेष्ठ हुन्छ, जसलाई थाहा हुन्छ कि सर्वश्रेष्ठ कसरी बनाउन सकिन्छ।’
“Things turn out best for the people who make the best of the way things turn out.”:) #Attitude #Innocence #HeartWarming #SelfieWithAFootwear pic.twitter.com/Q6HOiyEkV5
— Anupam Kher (@AnupamPKher) February 3, 2019
त्यसपछि अन्य थुप्रै कलाकारहरुले पनि यो तस्बिरलाई शेयर गर्दै आफ्नो विचार व्यक्त गरेका छन्।
कलाकार बोमन इरानीले यो तस्बिरमा लेखेका छन्, ‘तपाईँ मात्र त्यति खुशी हुनुहोस् जति चाहनुहुन्छ, यो एक यस्तो भनाई हो जो सबैका लागि समान सत्य हो । म दाबी गरेर भन्न सक्छु कि यो सेल्फी तस्बिर बाँकी सबै सेल्फी भन्दा धेरै लाइक्स प्राप्त गर्न लायक छ।’
“You’re only as happy as you choose to be”. A saying that holds true for one and all!!
And I’m sure this selfie deserves more likes than most. pic.twitter.com/KafEzq3mg8— Boman Irani (@bomanirani) February 3, 2019
कलाकार सुनील शेट्टीले पनि यो तस्बिरलाई शेयर गरेका छन्। ‘यो तस्बिर भेटियो जसलाई शेयर नगरी बस्न सकेन, खुशी साच्चिकै दिमागको एक अवस्था हो,’ उनले क्याप्सनमा लेखेका छन्।
View this post on Instagram
यस्तै अभिनेता अमिताभ बच्चनले यो तस्बिरलाई लिएर केही फरक विचार व्यक्त गरेका छन्।
उनले आफ्नो एक ट्विटमा लेखेका छन् ‘आम मानिसहरु अब आम रहेनन्, उनीहरु खास छन्, उनीहरु स्वयं आफ्नो प्रचार गर्न सक्छन्, आफूतिर ध्यान कसरी आकर्षित गर्ने, उनीहरुले थाहा पाइसकेका छन्’।
T 3080 -आम आदमी अब आम नहीं रहा ; वो ख़ास है । वो स्वयं अपना प्रचार कर सकता है – ख़ुद अपना माध्यम बन गया है ।अपनी ओर ध्यान कैसे आकर्षित किया जाए, सीख गया । ध्यान आकर्षित करना, उसकी मुद्रा, उसकी धनराशि, उसका मूल्य बन गया है । उसका हथियार – mobile ! कितने मोबाइल गिन सकते हैं आप ? pic.twitter.com/k0uohCQqUU
— Amitabh Bachchan (@SrBachchan) February 4, 2019