
भीमदत्तनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित मङ्गल प्रावि परिसरमा मंगलबार बिहान एक महिलाको शव भेटिएको छ।
आँखा र पेटमा सामान्य चोट लागेको तर पहिचान हुन नसकेको अन्दाजी ४५/५० वर्षीया महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।
शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल लगिएकाे र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक मनोहर चन्दले जानकारी दिए।
सोमबार पनि बेदकोट नगरपालिकाको दैजीमा बेवारिसे शव भेटिएको थियो।