वार्षिक उत्सवमा नेपाल टेलिकमको अफरै अफर, ५ रुपैयाँमा ५ जीबी डाटा

वार्षिक उत्सवमा नेपाल टेलिकमको अफरै अफर, ५ रुपैयाँमा ५ जीबी डाटा
+
-

काठमाडौं-नेपाल टेलिकमले आफ्नो बार्षिकत्सवको अवसरमा आगामी एक महिनासम्म एनटी मोबाइल एप डाउनलोड तथा रजिस्ट्रेशनमा नि:शुल्क सय एमबी डाटा उपलब्ध गराउनेदेखि लिएर नौ प्रकारको विशेष अफर सार्वजनिक गरेको छ।

वार्षिक समारोहलाई सम्बोधन गर्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यी अफरहरुबाट सेवाग्राही प्रत्यक्ष रुपमा लाभान्वित हुने दाबी गरेका छन्।

टेलिकमका अनुसार विभिन्न सेवाहरु प्रयोग गर्ने सेवाग्राहीलाई प्याकेज तथा छुटको व्यवस्था गरेको छ। नेपाल टेलिकमले यही माघ २२ गते देखि फागुन २२ सम्म नेपाल टेलिकमको मोबाइल एप डाउनलोड तथा रजिस्ट्रेशनमा नि:शुल्क सय एमबीको डाटा उपलब्ध गराएको छ।

यस्तै टेलिकमको अफरमा भोलि (बुधबार)देखि फागुन ८ सम्म रजिस्ट्रर हुने नयाँ जीएसएम पोस्टपेड मोबाइल ग्राहकहरुलाई तीन महिनासम्म प्रत्येक महिना अल टाइम डाटा एक जीबी र सय मिनेट अल टाइम भ्वाइस बोनस उपलब्ध हुनेछ।

त्यस्तै ‘जीएसएम पोस्टपेड’ ग्राहकहरुलाई ९ सय रुपैयाँको प्याकेज खरिद गर्दा प्रत्येक महिना दुई जीबी डाटा र ५ सय रुपैयाँको नि:शुल्क सेवा उपल्बध गर्दै आएकोमा प्रत्येक महिना अलटाइम डाटा ३.३ जीबीका साथै ५ सयको नि:शुल्क सेवा उपल्बध गराएको छ।

नेपाल टेलिकमले ‘टुरिस्ट प्याकेज ’अन्तरगत ५ जीबी डाटा ५ सय रुपैयाँमा, टेलिकमकै नेटवर्कमा ५० मिनेट भ्वाइस प्याक, ५० एसएमएस र १ सय रुपैयाँमा अन्तराष्ट्रिय कल समेत गर्न सकिन्छ।

त्यसैगरी १ हजार रुपैयाँमा दस जीबी डाटा, एनटी नेटवर्कमा सय मिनेट भ्वाइस, सय एसएमएस तथा २ सय रुपैयाँको अन्तराष्ट्रिय कल समेत गर्न सकिनेछ।
यस्तै माघ २२ देखि ९० दिनसम्म दैनिक, साप्ताहिक र मासिक चाइना कल प्याकेज अन्तर्गत पैतिसमा दस मिनेट, १ सय पचासमा ४५ मिनेट र ५ सयमा १ सय ६५ मिनेटसम्म कुरा गर्न सकिने छ।

२०७४ साल अषाढसम्मको टेलिफोनको बाकी रकम रहेका सर्वसाधारणले २०७६ अषाढ नसान्तसम्म उक्त रकम बुझाएमा सम्पूर्ण जरीवाना छुट गर्नेछ।
एफटीटीएच माइग्रेशन योजना अन्तर्गत एक बर्षदेखि नियमित एडिएसएल सेवा लिइरहेका ग्राहक तथा तीन महिनाको एफटीटीएच प्याकेच खरिद गर्ने नयाँ ग्राहकहरुलाई एफटीटीएच सीपीई नि:शुल्क उपलब्ध गराउनेछ। यो योजना तीन महिनासम्म लागू हुनेछ।

टेलिकमले नेत्रहीन संघको सिफारिसमा नेत्रहीन व्यक्तिहरुबाट प्रयोग भइरहेका जीएसएम तथा सीडीएमए मोबाइलहरुमा पचास रुपैँयादेखि २ सय र ३ सयको अल टाइम डाता प्याकेज खरिदमा शत प्रतिशत बोनश तथा २ सय रुपैयाँको अल टाइम भ्वाइस प्याकेज खरिदमा पचास प्रतिशत बोनस उपलब्ध हुनेछ। यो योजना ९० दिनसम्म लागू गर्नेछ।

मेबाइल पोइन्ट अफ सेलको माध्यमबाट टेलिकमको सेवाहरुमा रिचार्ज तथा भुक्तानी गर्दा पाँच प्रतिशतका दरले ग्राहकलाई बोनस रकम उपलब्ध गराउने छ। यो योजना छ महिनासम्म लागु गर्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?