
काठमाडौं- कर्णालीको कला, संस्कृति, सभ्यता र पर्यटनको खोजी गर्ने उद्देश्यले कर्णाली बृहत प्रदर्शनी आयोजना गर्ने भएको छ। बुधबार समृद्ध कर्णाली अभियानले नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलनको आयोजना गरेर ‘हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ भन्ने मूल नाराका साथ उक्त प्रदर्शनी गर्न लागेको जानकारी दिएको हो।
फागुन ३ देखि ५ गते सम्म हुने कर्णाली बृहत प्रदर्शनीमा भिजिट नेपाल २०२० र पहिला ‘देश अनि विदेश’ भन्ने सरकारको नारालाई कर्णालीबाट बुलन्द गर्ने, मुगु रारा, मानसरोबर, शे-फोक्सुण्डो, चन्दननाथ, दैलेखको ज्वाला, कुपिण्डे दह, स्यार्पुताल र हिमाली सभ्यता लगायतका कर्णालीका अन्य पर्यटकीय (वन, वातावरण, संस्कृति, बन्यजन्तु), व्यवसायिक पर्यटन( डकुमेन्ट्री र सिनेमा) प्रदर्शन गर्ने कार्यक्रमका संयोजक उपेन्द्र शाहीले जानकारी दिए।
उनले भने, ‘ कर्णाली प्रदेशको राष्ट्रिय र अन्तराष्ट्रिय परिचय विगत लामो समयदेखि अपुरो र अधुरो छ। यस्तो गौरवमय इतिहास, धनी कला-संस्कृति,पुरानो सभ्यता, प्राकृति सुन्दरता र सम्भावनाको खोजीको खानी भए पनि कर्णालीलाई सधैं गरिबी, अशिक्षा,अभाव, विकटताको पर्यायवाचीका रुपमा मात्र चित्रित गराउँदै आएको छ। तर त्यो विकल्कुलै सत्य होइन। हामी कर्णाली एउटा क्षेत्र मात्र नभएर सभ्याताो द्योतक हो भन्ने मर्मका साथ प्रदर्शनी गर्दैछौ। किनकी यहाँको कला, संस्कृति, पौष्टिक रैथाने खाद्यबाली, जीवनशैली अनि सम्मुन्नतिको स्पष्ट संकेत गर्ने अथाह सम्भावनाका स्रोतहरुको प्रदर्शनीमा देखाउँदै छौ।’
उनले कुनै पनि क्षेत्र समृद्ध बन्नको लागि पहिलो सर्त आम्त स्वीकृति भएको बताउँदै पहिला कर्णालीबासीलाई नै कर्णालीबासी भएकोमा गर्वको अनुभूति गराउने र समृद्ध कर्णालीको सपना सम्भव छ भनेर आत्मविश्वास जगाउने पहिलो प्रयास हुने बताए।
यसका साथै सम्पूर्ण देशबासीलाई कर्णालीको भ्रमण गर्न उत्प्रेरणा दिने र लगानीकर्तालाई कर्णालीको सम्भावनाबारे जानकारी गराउने भरपूर कोशिस हुने उनले जिकिर गरे। उनले भने ‘ सुरुमा त कर्णालीबारे सबैलाई सकारात्मक रुपमा बुझाउने पहिलो प्रयास हुनेछ। यसपछि सम्भावनाको खोजी र त्यबारे लगानी गर्ने वावातारण सृजना गर्नु ने मुख्य उद्देश्य हुनेछ। ‘
यतिमात्रै नभएर कर्णालीको प्रांगारिक कृषि प्रदर्शनी, रैथाने खानाका परिकारहरु, खस भाष र सभ्यताको सत्र, फोटो, भिडियो र सामाग्रीहरुको प्रदर्शनी र निजि–क्षेत्रका स्टलहरु रहने छन् भने कर्णालीको पर्यटन, कुषि, जडिबुटी प्रशोधन र जलविद्युत लगायतका क्षेत्रहरुको सम्भावनाबारे जानकारी गराइनेछ।
काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त प्रदर्शनीमा करीब एक लाख अवलोकनकर्ताले प्रत्यक्ष सहभागीता जनाउने आयोजजको दाबी छ।