मेलम्चीको ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का सम्झाैता रद्द

मेलम्चीको ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का सम्झाैता रद्द
+
-

काठमाडौं– सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सीएमसी दि राभेनासँग ठेक्का सम्झौता तोडेको छ।

बिहिबार बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कडेलले जानकारी दिए ।

आयोजनाको निर्माण कार्य सम्पन्‍न नहुँदै मेलम्ची खानेपानी विकास समितिलाई कुनै जानकारी नै नगराई आयोजनास्थल छाडेर हिडेको इटालियन कम्पनी सिएमसीलाई ठेक्का रद्द किन नगर्ने भन्दै त्यसको जवाफ १४ दिन भित्रमा पठाउन समितिले गत माघ ६ गते पत्राचार गरेको थियो।

तर ठेकेदार कम्पनी सिएमसीबाट कुनै पनि जवाफ नआएपछि सरकार ठेक्का तोड्ने निर्णयमा पुगेको हो ।

समितिले सिएमसी कम्पनीलाई नै काममा फर्काउन प्रयास गरेपनि पत्रमा तोकिएको मितिभित्र आधिकारिक जवाफ नआउँदा काुनी जटिलता पैदा हुन पुगेको ठहर गरेको छ ।

यस्तो परिस्थितिमा ठेक्का सम्झौता रद्द नगर्दा थप अन्यौल पैदा हुन सक्ने र नेपाल सरकारले फिर्ता लिएको बैंक ग्यारेन्टी रकम समेत गुम्न सक्ने जोखिम भएकाले ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।

ठेक्का तोडिए पनि आयोजनाको बाँकी काम सम्पन्न गर्न समितिले सरकारलाई विकल्प सहितको प्रस्ताव तयार गर्ने जनाएको छ । सरकारले अब गर्ने निर्णय दृढतापूर्वक कार्यनवयन गर्ने र आयोजना सम्पन्न गर्न ढिलाई हुने तर्फ पनि समिति सचेत रहेको कार्यकारी निर्देशक कडेलले बताए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?