‘हिमालयन माफिया’ को प्रभावमा किर्ते बिमा प्रकरणमा पर्दा हाल्ने आशंका

‘हिमालयन माफिया’ को प्रभावमा किर्ते बिमा प्रकरणमा पर्दा हाल्ने आशंका
+
-

हिमाल आरोहणमा गएका व्यक्ति बिरामी परेमा वा उक्लिन नसकेको अवस्थामा हेलिकप्टरमार्फत हुने उनीहरुको उद्धारमा ठूलो मात्रामा घोटाला हुने गरेको बारे नेपाल सरकारले अनुसन्धान गरिरहेको छ ।

तर ट्रेकिङ्ग क्षेत्रमा सिन्डिकेट कायम गराउन सक्रिय शक्तिशाली हिमालयन ‘माफिया’ समूहले सरकारी अनुसन्धान प्रभावित पार्न खोजेको सम्बन्धी खबर बेलायती पत्रिका टेलिग्राफमा प्रकाशित भएको छ ।

ट्रेकिङ्ग क्षेत्रमा कार्यरत कम्पनीहरुले हिमाल आरोहण तथा ट्रेकिङ्गका लागि गएका पर्यटकको स्वास्थ्य समस्या वा अरु कारणले बिचमै फर्किनु पर्ने अवस्था आएमा महंगोमा हेलिकप्टर मार्फत उद्धार गर्ने गरिएको खुलासा गएको वर्ष भएको थियो ।

आवश्यक नपरेको र स्वास्थ्यमा सामान्य समस्या देखिएमा पनि महंगोमा हेलिकप्टर चाटर्ड गरेर निजी अस्पतालमा लैजाने गरेको आरोप छ ।

ट्रेकिङ्ग माफियाहरुले बिमा मार्फतको रकम हत्याउनका लागि लागि यस्तो गर्ने गरेको र यसबाट ठूलो रकम मिलेमतोमा घोटाला हुने गरेकोबारे सरकारले अनुसन्धान गरिरहेको छ ।

तर ट्रेकिङ्ग माफिया समूहले सरकारी अनुसन्धानलाई प्रभावित पार्न वा रोक्नका लागि प्रयास गरेको टेलिग्राफको खबरमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय बिमाकर्ताहरुको एलायन्सले आउँदो शुक्रबारसम्म घोटालाबारे विस्तृत र प्रभावकारी अनुसन्धान नगरेमा बिमा मार्फत दिइने रकम बन्द गर्ने चेतावनी दिएका छन् । यसरी हुँदै आएका उद्धारपछिका बिमा रकम दाबीका लागि पेश गरिने कागजात किर्ते हुने गरेको आरोप छ ।

तर सरकारी अधिकारी भ्रष्टाचारीबाट निकै प्रभावित हुने देखिएको द सण्डे टेलिग्राफमा उल्लेख गरिएको छ ।

कम्तिमा पछिल्लो पाँच वर्षदेखि चलेको घोटालामा दर्जनौँ हेलिकप्टर कम्पनी, पर्यटन व्यवसायी, होटल तथा अस्पताल संलग्न रहेको आरोप छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?