फागुन ४ गते स्थापना दिवस मनाउँदै गण्डकी प्रदेश, सरकारको समीक्षा हुने

फागुन ४ गते स्थापना दिवस मनाउँदै गण्डकी प्रदेश, सरकारको समीक्षा हुने
+
-

पोखरा – आउँदो फागुन ४ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख बाबुराम कुँवरबाट पद तथा गोपनियताको शपथ लिएको एक वर्ष पूरा हुँदैछ ।

प्रदेश सरकार गठन भएको दिनलाई आधार मानेर गण्डकी प्रदेशले आफ्नो स्थापना दिवसको रुपमा मनाउने भएको छ ।

यहि माघ २० गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयानुसार प्रदेश सरकारले यही फागुन ४ गते स्थापना दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

बैठकले स्थापना दिवस मनाउनको लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको संयोजकत्वमा ६ सदस्यीय समारोह समिति गठन गरिएको मन्त्री बस्नेतले बताए ।

समितिमा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, प्रमुख सचिव लक्ष्मीराम पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवहरू लालमणि ओझा धर्मराज कुइँकेल र दलबहादुर अधिकारी छन् ।

बैठकले तीनवटा उप–समिति समेत गठन गरेको छ । प्रचारप्रसार, मञ्च व्यवस्थापन र कार्य विवरण पुस्तिका प्रकाशन उपसमिति रहेका छन् ।

सो समारोहमा एक वर्ष भरिका कार्यप्रगति विवरण प्रस्तुति, उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने लगायतका कार्यक्रम रहेको जनाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?