
काठमाडौं- काठ व्यवसायसँग सम्बन्धि उत्पादनहरुको बारेमा जानकारी दिन नेपाल उड अन्तराष्ट्रिय प्रदर्शनी हुने भएको छ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्यूचेरेक्स ट्रेड फायर एण्ड इभेन्ट प्रालिले सयुक्त रुपमा अन्तराष्ट्रिय प्रदर्शनी फागुन ३ देखि ५ गतेसम्म गरिने जानकारी दिए।
फ्यूचेरेक्स फायर एण्ड इभेन्टका निर्देशकले भने, ‘ फनिर्चर, प्लाइउड तथा काठ औजारको कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धी उत्पादनहरुको बारेमा जानकारी गराउन प्रदर्शनीको आयोजना गरेका छौ। साथै नयाँ नयाँ प्रविधिमा विकास भएका फर्निचरहरु समेत गरी विभिन्न देशका २ सय भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १ सय २० भन्दा बढि स्टल राखेका छौ।’
भृकृटीमण्डपमा दुई दिनसम्म चल्ने प्रदर्शनमा काठबाट बनेका झ्याल, ढोका, कच्चा पर्दाथ, घर सजावटका समानहरुको सहभागिता रहनेछ भने घर बनाउन चाहने व्यक्ति, आम नागरिक र नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर र इन्टिनीयर डिजाइनरहरुको समेत सहभागिता रहने छ।
यस प्रदर्शनीले काठबाट बन्ने सामाग्रीहरु सम्बन्धी कार्यहरुमा पनि सकारात्मक निर्वाह गर्ने विश्वास आयोजकले दाबी गरेका छन्। यस्तै प्रदर्शनीमा नेपालको काठ र फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामानहरु आयात गर्ने र नेपालका बनेका काठ सामाग्रीलाई विदेशमा समेत निर्यात गर्ने आयोजकलले जनाएको छ।