सन्दर्भः अन्तर्राष्ट्रिय कण्डम दिवस

कण्डमका फाइदा र प्रयोग गर्ने तरिका

कण्डमका फाइदा र प्रयोग गर्ने तरिका
+
-

काठमाडौँ – सुरक्षित यौन सम्पर्क र त्यसमा कण्डमको भूमिकाबारे सचेतना फैलाउने उद्देश्यसहित बुधबार नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय कण्डम दिवस मनाईँदै छ ।

हरेक वर्ष फेब्रुअरी १३ का दिन मनाइने कण्डम दिवसका अवसरमा यो वर्ष ‘सेफर इज फन’ नारा तय गरिएको छ ।

कण्डम पुरुषले प्रयोग गर्ने एक मात्र अस्थायी गर्भनिरोधक साधन हो र यसले यौन रोगको संक्रमण हुनबाट पनि जोगाउँछ । अर्थात कण्डम सुरक्षित यौन सम्पर्कको सबैभन्दा सहज, सुलभ र सजिलो माध्यम हो ।

कण्डमले सहवासको बेलामा वीर्य निस्कदा यसमै जम्मा हुने र महिलाको पाठेघरमा पुग्न नदिई गर्भ रहनबाट राक्ने काम गर्छ ।

के हो कण्डम ?

कण्डम पुरुषको उत्तेजित लिङ्गमा लगाइने एक प्रकारको रबरको पातलो खोल हो । यसले शुक्रकिटलाई महिलाको पाठेघरमा बस्न नदिएर गर्भ रहनबाट बचाउने गर्छ ।

पुरुषले यदि हरेक पटक यौन सम्पर्क गर्दा सही तरिकाले कण्डम प्रयोग गर्ने हो भने यसले गर्भ राक्नमा ९८ प्रतिशत प्रभावकारी रहने चिकित्सकहरुले बताउने गरेका छन् । यस्तै कण्डमको प्रयोगले एचआइभीसहितका यौन रोगबाट बच्न सकिन्छ ।

कण्डमका फाइदा

अनिच्छित गर्भधारण हुनबाट बचाउने

सुरक्षित यौन सम्पर्क

प्रयोग गर्न सजिलो

सजिलैसँग किन्न पाइने

एचआईभी–एड्स जास्ता यौन रोग लाग्नबाट बचाउने

कण्डम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

एकै पटकमा दुईवटा कण्डम प्रयोग नगर्ने

यौन सम्पर्कको समयमा फुट्ने, चप्लिने जस्ता समस्या देखिने भएका कारण सही तरिकाले प्रयोग गर्ने

प्रयोग गरिसकेपछि कण्डमलाई माटो मुनि गाड्ने वा जलाउने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?