नारायण वाग्लेको ‘कोरियाना कफी’ बिहीबारदेखि बजारमा

नारायण वाग्लेको ‘कोरियाना कफी’ बिहीबारदेखि बजारमा
+
-

काठमाडौँ – पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ बिहीबारदेखि बजारमा उपलब्ध हुने भएको छ । दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेश्रो गैर अखवारी कृति हो।

पब्लिकेशन्स नेपालयको सुरुवात नै वाग्लेको पहिलो उपन्यास ‘पल्पसा क्याफे’ बाट भएको थियो । त्यसले साहित्यिक कृतिहरुको नयाँ पाठक घेरा जन्माउनुका साथै थुप्रै मानकहरु तयार पारेको थियो।

नेपाली साहित्यलाई नयाँ युग सुहाउँदो हुनेगरी त्यस पुस्तकको प्रवर्द्धनले पनि आधुनिक बाटो अख्तियार गरेको थियो जसले पछिल्लो समयमा आम प्रवृत्तिकै रुप लिनपुग्यो । यसपाला भने उनै वाग्लेको पछिल्लो कृतिलाई उही पब्लिकेशन्स नेपालयले कुनै पनि औपचारिक विमोचन समारोह नराखेर सार्वजनिक भएको घोषणा गर्दैछ ।

वाग्लेले समाचार कक्षभन्दा बाहिर गरेका साहित्यिक सिर्जनाका प्रतिफल अघिल्ला दुई पुस्तक भएता पनि यो पुस्तक भने उनले समाचार कक्षभित्रै सुरु गरेको चर्चित स्तम्भ ‘कफीगफ’ मा आधारित छ ।

यो पूर्व प्रकाशित कफीगफहरुको संग्रह नभइ केही समयअघि कोरियामा आयोजित लेखन कार्यशालामा उनले तयार पारेको बेग्लै कृति हो । त्यसैले पाठकहरुले यसलाई वाग्लेको अघिल्ला दुई उपन्यास भन्दा बेग्लै ‘सिर्जनशील गैरआख्यान’ पुस्तकका रुपमा पाउनेछन् । गैरआख्यान भएता पनि यसमा उपन्यासका पाठकहरुले आख्यानको आनन्द पनि पाउन सक्ने वाग्ले बताउँछन् ।

अढाई दसकभन्दा लामो समय पत्रकारिताको ब्यस्त घेरामा बिताएका वाग्लेले समाचार कक्षसम्म आइपुग्ने नेपाली समाजका विभिन्न चित्र र चरित्रलाई सुक्ष्म विश्लेषण गरिसकेपछि त्यसैको ‘बाइ प्रोडक्ट’ का रुपमा लेखकीय शिल्प अनि कल्पनाशिलता प्रस्तुत गर्दैआएका छन् ।

पुस्तकलाई पब्लिकेशन्स नेपालयले नियमित विक्री वितरण प्रणाली मार्फतै मुलुकभर फिँजाउने योजना तय गरेको छ । त्यसको निम्ति बिहीबारदेखि देसभरका सबैजसो महत्वपूर्ण पुस्तक पसलहरुमा यो उपलब्ध हुने तयारीमा छ । मोटो गातामा उपलब्ध पुस्तकको मूल्य भने ४ सय ९५ रुपैयाँ राखिएको छ ।

यो परम्परागत बिक्री प्रणाली बाहेक यसपटक पब्लिकेशन्स नेपालयले इच्छुक पाठकहरुका निम्ति घरैमा पुस्तक लगिदिने चाँजोपाँजो पनि मिलाएको छ । त्यसको निम्ति कुनै पनि पाठकले कम्प्युटर वा मोबाइलको एक क्लिकबाटै यो सेवाको आनन्द लिन सक्नेछन् ।

इन्टरनेटमार्फत् ‘थुप्रै डट कम’ (www.thuprai.com), ‘किताब यात्रा डट कम’ (www.kitabyatra.com) र ‘सस्तो बुक डट कम’ (www.sastobook.com) जुनसुकैमा गएर यसको अर्डर गर्ने हो भने पाठकले दिएको ठेगानामै पुस्तक उपलब्ध हुनेछ । यस्तो सेवा मुलुकका सबैजसो प्रमुख सहरहरुमा उपलब्ध छ ।

त्यसबाहेक यसलाई संसारभरि अमेजन मार्फत् पनि उपलब्ध गराइसकिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?