यस्तो डिजाइनमा आउँदैछ भीभो भी १५ प्रो, ३२ मेगापिक्सेलको पप-अप सेल्फी क्यामरा

यस्तो डिजाइनमा आउँदैछ भीभो भी १५ प्रो, ३२ मेगापिक्सेलको पप-अप सेल्फी क्यामरा
+
-

काठमाडौं- चिनियाँ स्मार्टफोन मेकर भीभोले आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन ल्याउने तयारीमा गरेको छ। कम्पनीले फेब्रुअरीमा छिमेकी मुलुक भारतमा र मार्चको पहिलो साता नेपाली बजारमा भीभो भी १५ Vivo V15 र भीभो भी १५ प्रो Vivo V15 Pro नामक स्मार्टफोन ल्याउँदैछ।

हालै भीभोले आफ्नो नयाँ स्मार्टफोनको टिजर सार्वजनिक गरेको छ। जसमा पप–अप Pop-Up सेल्फी क्यामरा राखिएको देखाईएको छ। यस्तो डिजाइनमा भीभोले यसअघि भीभो नेक्स स्मार्टफोन ल्याएको थियो। सोही थीमलाई भी १५ सिरिजमा पनि कायम राखिएको छ।

यो स्मार्टफोनमा सूपर एमोलेड डिस्प्ले राखिनेछ भने फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ।यसबाहेक भी १५ स्मार्टफोन सिरिजमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिएको छ भने फोटोग्राफीका लागि ४८ मेगापिक्सेल प्लस ८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप हुनेछ।

हालै अमेजन इण्डियाको आफिशियल ल्याण्डिङ पेजमा देखिएअनुसार भीभो भी १५ प्रो स्मार्टफोनको मुख्य क्यामरा ४८ मेगापिक्सेलको हुने प्रमाणित भएको छ। सो पेजको जानकारीअनुसार स्मार्टफोनमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर राखिनेछ।

भीभोले पहिलो पटक ट्रिपल क्यामरा सेट भएको स्मार्टफोन ल्याउन लागेको हो । यो स्मार्टफोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा सेन्सर प्रयोग गरिएको छ।

यहि फेब्रुअरी २० तारिखमा लन्च हुने तयारीमा रहेको भीभो भी १५ प्रो स्मार्टफोनमा ६.३९ इन्चको सूपर एमोलेड फूल एचडी प्लस स्क्रीन छ । त्यसैगरि फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ भने ८ जीबी र्याम र १२८ जीबी स्टोरेज हुनेछ।

यो स्मार्टफोनमा ३,७०० एमएएचको ब्याट्री प्याक हुनेछ । भीभो भी १५ प्रो स्मार्टफोनको मूल्य भारतमा करिब ३० हजार भारु अर्थात ४८ हजार रुपैयाँ हुने अनुमान छ । सो स्मार्टफोन भारतमा फेब्रुअरी २० मा लन्च हुनेछ जसको प्रि अर्डर ५ दिन अगाडि शुरु हुने बताइएको छ।

यसैबिच भीभो भी १५ प्रोको यूजर्स ह्याण्ड अन पिक्चर देखिएको छ जसमा नयाँ कलर अप्सन देखिन्छ।यसअघि ब्ल्याक र रेड ग्रेडिएन्ट ह्यू कलर अप्सनमा मात्र उपलब्ध हुने अुनमान गरिएको भीभो भी १५ प्रो ब्लू कलर अप्सनमा पनि आउनसक्ने देखिएको छ।

भी १५ प्रोमा भएको पपअप सेल्फी क्यामरा, नयाँ कलर अप्सन, उच्च क्षमताको प्रोसेसर र र्यामका साथमा भीभो भी १५ प्रोको लन्चसँगै भीभोले ग्राहकहरुलाई धेरै अप्सनसहित आकर्षित गर्नसक्नेछ।

नेपाली बजारमा भीभो भी १५ प्रो मात्र उपलब्ध हुनेछ, जून मार्चको पहिलो साता सार्वजनिक हुने अनुमान गरिएको छ। यो स्मार्टफोनको मूल्य नेपाली बजारमा ५० हजार रुपैयाँ माथि हुने अनुमान गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?