मुन्द्रेको कमेडी क्लबको सुटिङ पर्यटन बोर्डमा

गुलाबी सारीमा दीपाश्री, ह्वाइट शूजमा मुन्द्रे र स्विटरमा देखिए घरबेटी बा !

गुलाबी सारीमा दीपाश्री, ह्वाइट शूजमा मुन्द्रे र स्विटरमा देखिए घरबेटी बा !
+
-

बुधबार पर्यटन बोर्डको हल दर्शकले खचाखच भरियो। हास्य कलाकार दिपीश्री निरौला गुलाबी रंगको सारी र सुनौलो रंगको ब्लाउजमा सजिएर आएकी छिन्।

राजाराम पौडेल (घरबेटी बा), राजेन्द्र नेपाली (लट्टे), उमेश राई (फुलन्देकी आमा), जिरे खुर्सानी (शिवहरी पौडेल) र राता (मकै किरण केसी) लगायतको जमघट छ। केहीबेरमै ‘मुन्द्रेको कमेडी क्लब’मा उपस्थित भएकालाई जितु नेपाल (मुन्द्रे)ले स्वागत गर्छन्, एउटा जोक सुनाएर।

‘मुन्द्रेको कमेडी क्लब’को सुरुवात भएको झण्डै चार महिना पुग्न लाग्यो।नेपालको पहिलो कमेड शो भएकाले मुन्द्रेले बडो मेहनका साथ काम गरिरहेका छन्। उनको यो १७ हप्ताको शुटिङ भएकाले उनी मख्ख देखिन्छन्।

उनी भन्छन्, ‘यो शो पुर्णरुपमा मनोरञ्जनमा आधारित छ। यस कार्यक्रमलाई परिवार सँग बसेर पनि हेर्न सकिन्छ। यो कार्यक्रम प्रत्येक सोमबार राति ८ बजेर ४५  मिनेटमा प्रसारण हुन्छ। त्‍यसकारण हामी सबैलाई हेर्न र मनोरञ्‍जन लिन अनुरोध गर्दछु।’

उनले पहिले सिरियल गरिरहेका भए पनि अब भने रमाइलो कार्यक्रम गर्नुपर्छ भन्ने लागेर दिपा दिदीसँगको सल्लाहपछि फरक ढंगमा स्टेज कार्यक्रम गर्ने प्रयास गरेको बताए। सेलिब्रेटी र दर्शकलाई समावेश गरेर कार्यक्रम सञ्चालन गर्दा हास्‍य र मनोरञ्‍जन दुवै हुने भएकाले छलफल गरेर कार्यक्रम सुरु गरेको उनको दाबी गर्छन्।

उनले भन्छन् ‘दर्शकहरुको अपार माया र साथले यो कार्यक्रम गर्ने उर्जा मिलेको छ। कार्यक्रमक सुरुवातमा केहि समस्या भए पनि विस्तारै दर्शके माया गरेका छन्। तर पनि विभिम्म समस्याहरु पनि छन् कतिपय दर्शकहरु शोमा आउन पाउनु हुदैन आफ्नो व्यस्तताका कारण भने सेलेबे्रटिहरु आउन चाहेर पनि व्यस्तताका कारण आउन सक्नुहुन्न। सबै कुरा मिलाएर यहाँसम्म पुगेका छौ।’

उनी सँग नयाँ कलाकारहरुले पनि काम गरिरहेका छन्। ‘जबसम्म दर्शकको माया मिल्छ, तबसम्म शो चलिरहन्छ।’ नेपाल भन्छन्। उनी यो शोलाई भारतको कपिल शाो सँग फरक छ भन्दैनन् तर दुवै शोका आ–आफ्नै शैली र कथा वस्तु भनेर दाबी गर्छन्। उनी भन्छन्, ‘त्यो भारतीय कार्यक्रम हो यो नेपाली। र नेपालीका आफ्नै विशेषता छन्। हामीले नेपालीपन र नेपाली मन मिल्‍ने स्वाद पस्किने भरमग्दुर प्रयत्‍न गरेका छौ।अझै कोशिस जारी रहन्छ।’

यस्तै कमेडी क्लबको अध्‍यक्ष दिपा श्री निरौलाले यो कार्यक्रमले दर्शकको मन जित्न सफल भएकी दाबी गर्छिन् । उनी भन्छिन्, ‘यो कार्यक्रमले दर्शकको मन जित्न सफल भएको छ।यो शोले नेपाल टेलिभिजनको लोकप्रियता बढेको छ।हामी थप जिम्मेवारीका साथ कमेडीमार्फत समाजमा नयाँ नयाँ मनोरञ्‍जनका आइडियाहरु लिएर आउनेछौ।’

त्यस्तै कार्यक्रममा घरबेटी बाको अभिनयमा देखिन्छन् हास्य कलाकार राजाराम पौडेल। उनी भन्छन्‘ मुन्द्रको कमेडी क्लब कार्यक्रमको घरबेटीको भूमिकामा देखिएको छु।मेरो रोल राम्री केटी कार्यक्रममा आएको समयमा जिस्काउने छ। मेरा छोराछारी विदेशमा छन्, श्रीमतीको अब यस धर्तीमा छैनन्। दु:ख त मलाई पनि लाग्छ, तर एक क्षण भए पनि दु:खलाई बिसाएर हास्न र हसाउने ठाउँ पाएको छु। बडा खुसी छु, छोटो समयमा नै दर्शकले खोजी खोजी हेरिदिनुभएको छ। ‘

उनले भने संसारका सम्पूर्ण मानिस केही न केही कारणले दु:खी भएकाले हसाउने हर्दम प्रयासरत रहेको बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?