देश सञ्चार प्रेमपत्र प्रतियोगिता

म तिम्रो प्रेममा व्यस्त छु

म तिम्रो प्रेममा व्यस्त छु
+
-

मेरो मनमा राज गर्ने सुप्रिया
मुटुभरिको प्यार,

तिमीविना शून्य लाग्ने अनौठो यो ठाउँ ।
तिम्रो आगमणले प्यारो लाग्छ यो गाउँ ।।
चारैतिर देख्छु किताबका पानामा तिम्रो नाम ।
गर्न मन लागेको छैन तिमीविना कुनै काम ।।

मेरा ओठहरु शान्त र आँखाहरु मौन छन् तर मेरो मन तिमी वरिपरी उडिरहेको छ । जुन दिन मैले तिमीलाई पहिलोपटक कलेजमा देखेँ त्यही दिनदेखि तिमीलाई मन पराउन थालेछु । मेरो मनले व्यक्त गर्न खोज्छ यो मनको भाव तर व्यक्त गर्ने सहास नभएर यो पत्र मार्फत आफ्नो मनको भाव व्यक्त गर्दै छु ।

आजभोलि म तिम्रो प्रेममा व्यस्त छु । तिम्रो प्रेममा व्यस्त भइरहनु रमाइलो लाग्छ । तिम्रा झिमझिम गर्ने तिम्रा परेलाहरु मलाई असाध्यै मन पर्छ । कस्तो मिलेको अनुहार लिएर जन्मेकी होली तिमी ? हेरिरहूँ लाग्ने चन्द्रमा जस्ता आँखा, मैनजस्तै आँखीभौँ, गाला देख्दा गुलाबको फूल फुलेझैँ, कसिएको छाती, रसिला ओठ, मिलेका सेता दाँत, हाँस्दा हिस्सी परेको गालामा खोपिल्टा पर्दा हेरिरहुँ लाग्छ। ठिक्कका नाक, हिस्सी परेको तिम्रो बाटुलो गोरो अनुहार र कालो, लामो कपालको जति वर्णन गरे पनि थोरै हुन्छ, सुप्रिया ।

गृष्म ऋतुको तातो घाममा होइन, शिशिर ऋतुको चिसो रातमा पनि होइन। वसन्त ऋतुमा मेरो मुटुमा तिम्रो प्रेमको लहरा झांगिएदेखि एउटा वुक्षको रुपमा म आफूलाई पाउन थालेको छु । त्यो वृक्षलाई स्याहार गर्ने मालीको खाँचो छ र मलाई थाहा छ, त्यो तिमी हौ। तिम्रो माया पूर्वमा उदाएको बिहानको सूर्य, मृगका शावकहरु, भर्खरै लागेको जुन कति राम्रो । तिमी उपस्थित भएको ठाउँको बत्ती, चरा, घर, किताब, अक्षर, माछाका भुरा, सुन, चाँदी, हीरा, मोती, आगो, घाम, जुन, तारा, बालुवा, सुसाउँदै बगेको नदी, खोला, झरना, बिना सुरको बाँसुरी सबै राम्रो लाग्छ ।

मेरो मनको पिँजडा तिमीले खोल्यौ । तिमीलाई देखेदेखि यो दुई घनको शक्ति भएको टाउको तिम्रै सम्झनामा हराउँन पुग्छ। यो संसार, ब्रम्हाण्ड तिमीविना व्यर्थ लाग्न थालेको छ । सूर्यलोकमा पनि अँध्यारो हुन्छ, त्यतिवेला जुनले सूर्यको अँधेरी हटाउने प्रयास गर्छ । प्रेम यस्तै हुन्छ जोसँग प्रेम पर्छ ऊभन्दा टाढा बस्नै मन लाग्दैन र ऊभन्दा टाढा बसे पनि ऊ कतै आफ्नै वरिपरि उपस्थित भएको जस्तो लाग्छ ।

उहिले पञ्जावमा हिर र राँझाको पनि यस्तै पर्यो । उनीहरुबीच कत्रो प्रेम थियो । हिरलाई उनको इच्छा बिरुद्ध अर्कै सैदा भन्नेसित विवाह गराइदिए । राँझा जोगी भएर हिँडे । केही समयपछि उनले सुराख लगाएर हिरलाई भगाएर लगे । हिरका नातेदारहरुलाई यो बेज्जती लाग्यो । उनीहरुले राँझाको बिरुद्ध जाल रचे र राँझालाई भने, जन्ती लिएर आऊ । हामी धुमधामसँग बिहे गरिदिन्छौ । यस्तो आसा दिलाइकन उनीहरुले हिरलाई लगी विष खुवाएर मारे । राँझा जन्ती लिएर आउँदासम्म हिर मरिसेकी थिइन् । हिर मरिसकेको खबर सुनेपछि राँझा पनि विष पिएर मरे । तर हाम्रो प्रेम आफ्नै इतिहास बोकेको सुखान्त लहरा फैलाएर झागिंयोस् । हिर र राँझा जस्तो नहोस् ।

परमेश्वर नै प्रेमको अवतार हो । दुईजनाबीच प्रेम छ भने नमिठो गाँसमा पनि प्रेम छरेर त्यो गासलाई अमृत बनाउन सक्छ । च्यातिएको सारीलाई टालेर नयाँ सारी बनाउन सक्छ । प्रेम नै सबैभन्दा ठुलो धन हो । जोसँग आकाशजत्रो प्रेमको ढुकुटी छ उसले नै आफुनी प्रेमीकाले मागे जति धन दिन सक्छ । राम नै प्रेमको आर्को रुप हो । वनबास जाँदा दरबारको सबै सुख सयल त्यागेर सीता रामसँग वनबास गइन् । यो सबै प्रेमकै रुप हो नत्र सीता किन रामसँगै वनमा दुःख गर्न जान्थी र ?
तिमी मेरी भयौ भने मलाई संसार जितेको अनुभव हुनेछ, सुप्रिया । कलेजको क्यानटिनमा एक दिन तिमी खाजा खाएर गइसकेपछि म त्यहाँ गएँ र तिमीले पिएको बाँकी रहेको कफी कसैले नदेख्ने गरी मैले पिएँ । तिम्रो जुठो खाँदा आफैमा म रमाएँ ।

तिमीले मसी सकेको कलम डस्टबिनमा फाल्दा त्यो कलम टिपेँ । घर लगेर किताब राख्ने टेबलमा सजाएर राखेको छु । तिमी कक्षामा रुमाल बिर्सिँदा त्यो रुमाल घर लगेर आफ्नो तकियामुनि सजाएर राखेको छु । तिम्रो अनुहार स्वर्गको आँगन हो । तिमीलाई एक झल्को हेरे स्वर्गमा नै पुगेको जस्तो लाग्छ । तिमीलाई एक दिन नहेरे यो संसार नै बिरानो लाग्छ । जिउको शक्ति नै क्षिण भए जस्तो लाग्छ । तिमीलाई एक झलक हेरे दिनभरिलाई पुग्छ । तिमीलाई नदेखेको दिन समय बिताउन कति गारो हुन्छ म भन्न पनि सक्दिनँ । के यो सबै प्रेम होइन र, सुप्रिया ?

सपनाको अमृतमा हिँडिरहेको छायालाई कुनै जलविन्दुले छेक्न सक्दैन । प्रेम पनि त्यस्तै हो जसलाई जसले छेके पनि छेकिन्न । संसारलाई कल्याण गर्ने साधन नै प्रेम हो । प्रेमले नै चराहरु आफ्नो घाँटीको गाँस ओकलेर बच्चालाई चारो खुवाउँछ । प्रेमले नै युवायुवतीले राले आमाबुबाको सेवा गर्छन्, युद्धमा गएका सेनाले आफ्नो छातीलाई ढाल बनाएर देशलाई बचाउँछ । प्रेममा नै उच, निचको भाव हराउँछ । क्रोध, लोभ, मोह सबै हराउँछ । रिस, घृणा बिनाश हुन्छ । हुदयको घृणा उखेलेर फाल्ने काम प्रेमले गरेको हुन्छ । नर्क स्वर्ग हुन्छ । शत्रु मित्र बन्छ ।

तिमी यति राम्री छौ कि पानीले सिंगारिएको समुद्र र जुनेली रातको सिरानी लिएर सुतेको बगैँचा पनि तिम्रो रुप हेरेर मोहित हुन्छन् होला । मान्छे रुपले मात्र होइन मनले राम्रो हुन्छ सुनेको थिएँ तर तिम्रो रुप र मन दुवै राम्रो छ । मेरो मन तिमीसँग मिल्छ । तिम्रो हृदयको साँचोले मेरो हृदयको ढोका खोलेको छ । यो हृदयको घरमा तिम्रो प्रेम नामको चरो पखेटा फटफटाउँदै बास बसेको छ । म मनको ढोका खोलेर आकाशतिर हेर्दा तिम्रो बास कल्पना जस्तै मिठो लाग्छ । आँध्यारो रात, बादल लागेको दिन, रापमा जलेको मरुभूमि, वर्षा नभइ गडगडाएको बादल र बिना पखेटाको चरा पनि मलाई राम्रो लाग्छ ।

तिमी नै मेरो अन्तिम र पहिलो प्रेमिका हुने छौ । प्रेम यस्तो चरो हो जुन मुटुको गुडमा तबसम्म मात्र लुकेर बसेको हुन्छ जबसम्म शब्दको प्वाँख उम्रेको हुँदैन । शब्दको प्वाँख उम्रिनासाथ ओठको हाँगामा आएर भुर्रर उड्छ । मेरो ओठको हाँगामा आएर प्रेम नामको चरो भुर्रर उडिसकेको छ । यसको अर्थ म तिम्रो प्रेममा परेको छु । प्रेमले नै युवाहरुलाई आमाबुबाभन्दा हजाराँै गुणा बढी काममा जागर, गतिशील र चिन्तनशील बनाउँछ । मलाई पनि तिम्रो प्रेममा पग्लिएर चिन्तनशील, गतिशील र जाँगरिलो बन्नु छ ।

मेरो पत्रको जवाफ चाँडै पठाऊ । तिम्रो पत्रको प्रतीक्षामा बस्ने छु । आजलाई यति नै बाँकी कुरा तिम्रो पत्र पाएपछि लेखूँला ।

उही तिमीविना अधुरो
सुयोग

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?