प्रदेश सभा स्थापनाको बर्षदिन

प्रदेश ५ सफा प्रदेश बनाउने अभियानकाे सुरुवात

प्रदेश ५ सफा प्रदेश बनाउने अभियानकाे सुरुवात
+
-

दाङ– प्रदेशसभा स्थापनाको वर्षदिन पुगेको उपलक्ष्यमा लमही नगरप्रमुख कुलबहादुर केसीद्वारा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको हातमा कुचो थमाउँदै राजमार्ग सफा गर्ने अभियान थालनी गरिएको छ। सरसफाई अभियानमा प्रदेश सांसद इन्द्रजित थारु पनि सहभागी भएका छन्।

सामाजिक विकास मन्त्रालयको आयोजना र राजमार्गमा पर्ने पालिकाहरुको सहकार्यमा सरसफाई अभियान थालिएको हो। प्रदेश ५ का ६ जिल्लाको राजमार्ग सफा गर्ने अभियान सुरु भएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए।

‘संघियता कार्यान्वयनको चरणमा छौँ। प्रदेश सभा स्थापनाको वर्षदिनलाई उत्सवको साथ मनाउने निर्णय अनुसार राजमार्ग केन्द्रित सरसफाई अभियान थालेका छौँ।’ उनले भने–‘अन्य प्रदेश भन्दा हाम्रो प्रदेशलाई सफा प्रदेशका रुपमा चिनाउन चाहन्छौँ।’

उनले राजमार्ग सफा गर्न प्रहरी, सेनाले मात्रै कुचो लगाएर नहुने भन्दै नागरिक स्तरबाट सरसफाईमा सहभागी हनुपर्ने बताए। प्रदेश सभा स्थापनाकाे अवसरमा दुई, तीन र चार गते विशेष कार्यक्रम राखिएको छ।

कार्यक्रममा मन्त्री बरालसँगै प्रदेश ५ का सांसद इन्द्रजित थारु, लमही नगरका मेयर कुलबहादुर केसी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघ, खानेपानी संस्था, अन्य सामाजिक संघसंस्थाका प्रतिनिधि सहभागी थिए।

सरसफाईको लागि राजमार्ग क्षेत्रमा गुट्खाको खोल सबैभन्दा ठूलो चुनौती बनेको छ। ‘गुट्खाको खोलले फोहोर बढायो।’ सांसद इन्द्रजित थारुले भने, ‘यसको फोहोर घटाउन विकल्पको खोजी गर्नै पर्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?